एमाले र माओवादी केन्द्रबीच झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु

एमाले र माओवादी केन्द्रबीच झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु

दोलखा । गएराति दोलखामा नेकपा एमाले र नेकपा  एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो । उनी एमालेको वडा सदस्य उम्मेद्वार गोरे तमाङका छोरा हुन् । झडपमा ५५ वर्षीय दिलबहादुर बुढाथोकी गम्भीर घाइते हुनुभएको छ । घाइते बुढाथोकीलार्इ उपचारका लागि सदरमुकाम चरिकोट लगिएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुबु भन्ने स्थानमा चुनावी प्रचारका क्रममा माओवादी र एमालेबीच झडप भएको थियो । घटनास्थ्लमा डिएसपी रबिन कार्कीसहितको प्रहरी टोली बुधबार बिहानै पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्