“ए लेभल कोर्ष पढेका विद्यार्थी जहिले पनि सैद्धान्तिक र व्यावहारिक रुपमा दक्ष हुन्छन्” – रमेश निरौला

“ए लेभल कोर्ष पढेका विद्यार्थी जहिले पनि सैद्धान्तिक र व्यावहारिक रुपमा दक्ष हुन्छन्” – रमेश निरौला

आफ्ना छोरा –छारीले राम्रो शिक्षादिक्षा प्राप्त गरोस अनि एउटा राम्रो जागिस खाओस भन्ने सबै अभिभावकको चाहना हुन्छ नै । हो त्यस्तै भर्खरै एस.इ.इ दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेसन युरो कलेजले विराटनगरले पूर्वाअञ्चलमा मै पहिलो पटक संसार कै उत्कृष्ट क्याम्व्रिज विश्वविद्यालयको ए लेभल कोर्ष यसै वर्ष देखि विराटनगरमा संचालनमा ल्याएको छ । पूर्वमा रहेका कुनै पनि कलेजमा यो ए लेभल स्तरको पढाई नभएका कारण वर्षेनी यो क्षेत्रबाट ३ सय जना विद्यार्थीहरु राजधानी होमिने गरेको पाईन्छ । आज तिनै विद्यार्थीहरु लागी भनेर पूर्वमा पहिलो पटक ए लेभल स्तरको शिक्षा लिएर कलेज ल्याएको छ , वास्तवमा एलेभल कोर्ष कस्तो हो त ? किन कलेजले यो कोर्ष लिएर आयो त ? के छ यसको विशेषता लगायत विषयमा केन्द्रित रहेर ए लेभल ईन्चार्ज रमेश निरौलासँग हाम्रा सहकर्मी प्रेम देवानले गरेको कुराकानीको सार :

 

के हो ए – लेभल कोर्ष ?
-यो बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत , क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेसन बोर्ड (सी.आई.ई) ले चलाउने जनरल सर्टिफिकेट अफ एजुकेशन – जी.सी.ई) को शैक्षिक कार्यक्रम हो ।

 
यसको विशेषता अलि कति बताई दिनुहोस न ?
-ए–लेभल जनरल पेपर (अग्रेजी) बाहेक आफूलाई मन परेका विषय रोजेर पढ्न सकिन्छ । अग्रंजी बाहेक अरु तीन वटा विषय पास गरे विश्वको कुनैपनि विश्व विद्यालयमा भर्ना हुन योग्य हुन्छन् । ए लेभल पढेका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउने हुनाले विद्यर्थीलाइृ अवसरको ढोका खोलिदिन्छ । यो विश्वको १६० मुलुकमा पढाई हुने यो ए लेभल परीक्षा प्रणाली र ग्रेडिङ प्रणाली पनि विश्वभर एउटै मापदण्डको हुन्छ ।

 
यसको परीक्षा प्रणाली सिस्टम चाही कस्तो हुन्छु नी ?
-ए लेभलको परीक्षा प्रणाली सिस्टम चाही प्रत्येक वर्ष “मे/ जुन र अक्टोबर /नोभेम्बरमा गरी वर्षमा दुई पटक विश्व भरी नै एकै पटक परीक्षा हुन्छ । यिनीहरुको रिजल्ट पनि एकै चोटी अगष्ट र जनवारीमा प्रकाशन हुन्छ । विद्यार्थी पुर्ण रुपमा तयार भएको विषयमा मात्र परीक्षा दिन पाईने भएकाले विद्यार्थीलाई राम्रो ग्रेड ल्याउन सजिलो हुन्छ ।आफू सक्षम भएको विषयको परीक्षा पहिले दिएर बाकी विषयमा आउने ६ महिना पछि दिए पनि हुन्छ । अर्को कुरा यदि कुनै विषयमा कम अड्ढ आएका त्यो विषयको मात्र पुन :परीक्षा दिएर राम्रो अड्ढ पनि ल्याउन सकिने नियम रहेका छ ।

 
नेपालमा चाही कसरी बुझ्ने यसलाई ?
-खास गरी यो चाही एस.एल.सी अर्थात एस.इ.इ दिएर बसेका अर्थात पास गरेर आएका हरेक विद्यार्थीहरुले भर्ना भई यो कोर्ष पढ्न सक्ने सक्ने छन्, मानि लिउ ए लेभल नेपालको प्लस टु सरह को पाठ्यक्रम हो ।

 
पहिले पनि त विराटनगरमा ए लेभल पढाई भएर बन्द भएको कार्ष फेरी विराटनगरमा चाही किन ए लेभल कोर्ष संचालनमा ल्याउनु भयो नी ?
-हो, हामीले २००५ देखि २०१० सम्म विराटनगरमा यो एलेभल कोर्ष संचालन गरे कै हो, त्यो बेला प्राविधीक कठिनाईको कारण स्थगित हुन पुगेको थियो । तर अब हामीले नयाँ व्यावस्थान नयां टिम,विगत १२ वर्ष देखि यसै क्षेत्रमा लागेका दक्ष र अनुभवी शिक्षकहरुद्धारा सञ्चालित भएर आएका छौं । अर्को कुरा पुर्वबाट वर्षेनी ३ सयको हाराहारीमा काठमान्डौ ए लेभवल पढ्नको लागी जाने वाध्यातकारी लाई हटाउन नै निम्ती भए पनि विराटनगरमा ए लेभल लिएर आएका हौं ,

 
फेरी पनि बन्द हुने स्थिीतमा पुग्न नदिन के ग्यारेन्टि लिन सक्नु हुन्छ ?
- यो हुनै सक्दैन ! मैले अघि नै पनि भने कि हाम्रो टिम भित्र १४ वर्षको अनुभव प्राप्त छौ, त्यसमा म आँफै पनि पर्छु । मैले राजधानीमा ए लेभल कोर्षलाई कसरी हेन्डलिङ गर्नुपर्छ भन्ने अनुभब र आत्मविश्वास छ । म अझै पनि घमण्डका साथ भन्छु की अब विराटनगरमा ए लेभल फेरी पनि बन्द हुने छैन ।

 
भने पछि भर्ना अभियान कतिको चल्दै छ त ?
-हामीले अहिले प्रवेश परिक्षा लिने काम भईरहेको छ , दैनिकी २० देखि २५ जना विद्यार्थीहरु काउन्सिलिङको लागी पनि आईरहेका छन् ।
पूर्वको कुन कुन जिल्लाबाट भर्ना हुन आईरहेका छन् त ?
-पूर्वको ईलाम विर्तामोड दमक, धनकुटा, पस्चिम लहान सम्मका विद्यार्थीहरु सोधपुछका लागी आईरहेका छन् ।

 
ए लेवल पढाई गर्न सक्ने तपाईको कलेजले भौतिक पुर्वाधारका सामाग्री तयार पारेका छन् त ?
-अवस्य ! सम्भवत ए लेभल पढाईका लागी आवश्यक पर्ने सम्पुर्ण सामाग्रीको मापदण्ड पुरा गरिसकेका छौँ । जस्तै अध्ययनका लागी कक्षा कोठा देखि लिएर साईन्सका ल्याव, कम्यूटर ल्याव, हास्टेल, क्यान्टिन, खेलकुदका सामाग्री देखी लिएर विद्यार्थीलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्री तयार पारिसकेका छौं ।

 
एउटा प्लस टुमा पढ्ने विद्यार्थी र ए लेभल पढ्ने विद्याथीमा के फरक भेटिएला ?
-पक्कै पनि राम्रो प्रस्न गर्नुभयो तपाईले । ए लेभल गरेका विद्यार्थीले भविष्यमा आफूलाई राम्रो र दक्ष बनाउनका लागी उसले ए लेभल पढेको हुन्छ । यो कोर्ष पढेका विद्यार्थी जहिले पनि सैद्धान्तिक र व्यावहारिक रुपमा दक्ष हुन्छन् । किन भने विद्यार्थीहलाई घोकाएर भन्दा पनि बुझाएर पढाउने गरिन्छ अन्य विद्याका विद्यार्थीहरु भन्दा ।

 
भने पछि ती विद्यार्थीलाई कसरी मुल्याङकन गर्ने त ?
-मज्जाले गर्न सकिन्छ ए लेभलका विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको कितावी ज्ञान र व्यावहारीक शिक्षा प्राप्त गरिरहेका हुन्छन् दिनको दिन नयाँ – नयाँ ज्ञानको शिक्षामा अपडेट हुन्छन् । हाम्रा विद्यार्थीहरुमा विद्यार्थीले कति पढ्यो भन्दा पनि कति बुझ्यो भन्नेलाई महत्व दिईन्छ । खास गरी विश्लेषणात्मक पक्षलाई परिक्षा बढी समावेश गरिन्छ हाम्रा प्रस्नहरु एक्टिभ हुन्छ भने विद्यथीहरुको अभिव्याक्ति अब्जेटिभ हुन्छन ।

 
अन्तमा ए लेभल भर्ना हुन आँउने विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ?
-एस ई.ई पछि आफ्नो सुनौलो भविष्यको निम्ति हरेक विद्यार्थी उत्कृष्ट शिक्षाको खोजीमा हुन्छन् । आफ्नै क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको अभावले पूर्वाअञ्चलवासी काठमान्डौ जानु पर्ने बाध्यतालाई हामीले रोकेका छौ । पूर्वका विद्यार्थीहरुका निमित्त हामीले विराटनगरमा नै एलेभल कोर्ष संचालनमा ल्याएका छौ । ए लेभल सम्बन्धी केही जिज्ञासा छन् भने कलेजमै पाल्नुहोस हामी तपाईका जिज्ञासलाई हल गरिदिने छौ ।,

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्