कसको पित्तमा पर्न सक्छ पत्थरी ? जानी राखौ !!

कसको पित्तमा पर्न सक्छ पत्थरी ? जानी राखौ !!

पित्तको सन्दर्भमा कुरा गर्दा संसारभर सबै भेगका मानिसमा पत्थरीको समस्या देखिँदैन । पञ्जाब, पाकिस्तान, नेपाल, भारतको पन्जाब, बिहार, उत्तरप्रदेश, मेघालय, सिलोन, बंगलादेश लगायतका भेगमा मात्रै पित्तको पत्थरीको समस्या बढी देखिन्छ । संसारका अरु भागमा पनि समस्या नभएको त होइन । तर यस भेगको तुलनामा कम समस्या छ ।  उदाहरणका लागि भारतको दक्षिणी भागमा पित्तको पत्थरीको समस्या धेरै छैन । यी भेगको हावापानी, खानपान, मसला लगायत कारणले पित्तको पत्थरीको समस्या धेरै छ ।

पित्तको पत्थरी धेरै हुने कारण पनि छन् । ज्यादा चिल्लो खाने मानिसलाई पत्थरीको समस्या देखिन सक्छ । वंशाणुगत र वातावरणको कारणले पनि पत्थरी हुनसक्छ । हामीले ज्यादा मात्रामा चिल्लो पदार्थ प्रयोग गर्‍यौं भने जीउमा चिल्लो बढ्छ । त्यस्ता मानिसलाई कोलेस्टेरोल स्टोन हुनसक्छ । मोटोपना भएका मानिसको खास समस्या चिल्लोपना नै हो, त्यसैले उनीहरूको पित्तमा पनि पत्थरीको सम्भावना अरु मानिसको तुलनामा ज्यादा हुन्छ । वंशाणुगत कारणले पित्तका रोग देखिन सक्छन् ।

महिलाहरूले अस्थायी परिवार नियोजनका क्रममा खानेचक्की प्रयोग गर्छन । पित्तथैलीको काम पेटमा खाना आएमा पित्तलाई खानामा मिसाउने नत्र त्यहीँ पित्त संकलन गरिरहने र नली बन्द गर्ने हो । तर अस्थायी चक्की खाने कतिपय महिलामा नलीमा समस्या आएर पित्तथैलीबाट नियमित पित्त निस्कासन नहुन सक्छ । कतिपय अध्ययनले यसको पुष्टि नै गरेको छ । पित्त बगिरहेको नलीको तुलनामा जाम भएको नली तुलनात्मक रुपमा फोहोर हुन्छ । पित्त नियमित रुपमा निस्कासन नगरेकै कारण उनीहरूमा पत्थरी जम्ने खतरा हुन्छ । खानेका साथसाथै लगाउने चक्कीले पनि हर्मोन उत्पादन प्रक्रिया गडबड गर्छ, तर खाने चक्कीको असर बढी देखिएको छ ।

गर्भवती महिलामा पनि पित्तथैलीको पत्थरी हुनसक्छ । स्टोजिन प्रोजेस्टोन नामक हर्मोनका कारण गर्भवतीलाई पत्थरी हुनसक्छ । कहिलेकाही पेटको अपरेशनका क्रममा पित्तथैलीमा जाने नसा काटिनुपर्छ । अल्सरको अपरेशन गर्दा पित्तको नसा काटिन्छ र नसा काटिएका कारण पित्तथैलीको पत्थरी हुनसक्छ । अल्सर त निको भयो तर पित्तथैलीमा पनि त्यसको असर पर्न जाने भयो । पित्त नबग्ने कारणले पनि पत्थरी हुनसक्छ, जसलाई चिकित्सकिय भाषामा स्टेसिस भनिन्छ । रगतसम्बन्धी रोग हुने मानिसहरूमा पनि पत्थरी हुनसक्छ । रगतमा ब्लुविन बढेमा पनि पित्तको पत्थरी हुनसक्छ ।

प्रायः सधैंभरि लामो समयसम्म भोकै बस्ने मानिसहरूको पनि पित्तथैलीको पित्त प्रयोगमा नआइ संकलन भइरहेको हुनसक्छ, जसले पत्थरीको सम्भावना निम्त्याउँछ । सानो कण थिग्रिए पनि बिस्तारै त्यसमा अरु थपिँदै जाने पत्थरीको ठूलो आकारले समस्या निम्त्याउँछ । कहिलेकाही भोकै बस्ने मानिसभन्दा पनि नियमित रुपमा लामो समय भोकै बस्नेमा यस्तो खतरा हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्