केएनपी उपहार योजना सार्वजनिक, संजीवले पाए मोटरसाइकल

केएनपी उपहार योजना सार्वजनिक, संजीवले पाए मोटरसाइकल

विराटनगर ÷ विराटनगर – १ निवासी संजिवकुमार कामत विगतका दिनहरुभन्दा प्रसन्न मुद्रामा देखिन्थे । विगत लामो समयदेखि रंगकर्मी (पेन्टर)को काम गर्दैआएका संजिवको प्रसन्नता विगतका दिनहरुमा भन्दा फरक थियो । सयौं रंग मिस्त्रीहरुको भीडमा उनी सबैका लागि फरक देखिएका थिए । सबैले संजिवको खोजि गरिरहेका थिए । खोजी हुनुको एक मात्र कारण थियो, उनी यसवर्ष उत्कृष्ट रंगकर्मी (ठेकेदार मिस्त्री)को रुपमा सम्मानित भएका थिए ।
अन्तर्राष्ट्रिय स्तरको रंग उत्पादक कम्पनी केएनपीले बजार तथा बिक्री प्रवर्धनलाई ध्यानमा राख्दै
देशभरका रंगकर्मी ठेकेदारहरुमाझ विविध कार्यक्रम सार्वजनिक गरेको छ । यसमा स्थान विशेष छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि त्यस क्षेत्रका उत्कृष्ट ठेकेदार तथा मिस्त्रीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दैआएको छ । वि.सं. २०७३ भाद्रदेखि फागुन सम्म छनौट चरणको घोषणा गर्दै अघि सारिएको कार्यक्रममा विराटनगर महानगरपालिका भित्रबाट संजिव यसपटक उत्कृष्ट भएका हुन् । विराटनगर १ बुद्धचोक स्थित भीम हार्डवेयर अन्तर्गतबाट छनौटमा परेका संजिवले कम्पनीको नगद तथा जिन्सी विभिन्न उपहारहरु वितरण गर्ने योजना अनुरुप १ सय २५ सीसीको डिस्कोभर मोटरसाइकल पाएका छन् ।
विगत सात वर्षदेखि रंगको ठेकेदारी गर्दैआएका संजिवले उपहार पाएसँगै खुसीका आँशु झारे । ‘मेहेनतलाई निरन्तरता मात्र दिनुपर्ने रहेछ ।’ उनले भने, ‘विगत सात वर्षदेखिको संघर्षको प्रतिफल स्वरुप मोटरसाइकल उपहार पाएँ, अत्यन्तै हर्षित छु ।’
कम्पनीले व्यवसायीक तथा सामाजिक उत्तरदायीत्वलाई ध्यानमा राख्दै सार्वजनिक गरेको उक्त कार्यक्रम अन्तर्गत अन्य ६ जनाले सामसुङ मोबाइल पाएका छन् भने केहीले नगद पुरस्कार पाएका छन् ।
कन्साई पेन्ट्स कम्पनी जापानको सहायक कम्पनी भएको र विश्वस्तरको उत्कृष्ट रंग प्रविधिसँगै नविनतम विकास तथा निरन्तर खोजको आधारमा केएनपीले बजार विस्तार गरिरहेको छ ।
विगत छोटो समयमा बजारमा अन्य रंग कम्पनीहरुभन्दा उत्कृष्ट हुन सफल यस कम्पनीको उपहार योजना अन्तर्गत पूर्वाञ्चलबाट मात्र एक हजारबढीले उपहार पाउने जनाइएको छ । केएनपी जापान प्रा.लिका एरिया सेल्स म्यानेजर विपिन कुमार सिंहका अनुसार उत्पादक र घरसँग प्रत्यक्ष जोडिने रंगकर्मी ठेकेदारहरुबीच आत्मीय सम्बन्ध बनाउन उपहार योजना ल्याएको बताएका छन् । उनका अनुसार उपहार योजनामा मोटरसाइकल, ल्यापटप, फ्रिज, एलइडी टिभी, मोबाइल तथा नगद उपहारहरु राखिएका छन् । ‘यस किसिमको उपहार योजना कार्यक्रम पूर्वाञ्चलका दशभन्दा बढी स्थानमा हुनेछन् ।’ विपिनले भने, ‘हामी जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न चाहन्छौं ।’ आफूहरुको उत्पादनमा गुणस्तर भएकै कारण छोटो समयमा सर्वसाधारणले विश्वास गरेको बताउँदै उनले थपे, ‘यो विश्वासलाई हामी कहिल्यै पनि तोड्ने छैनौं ।’
‘केएनपी जापान’ विश्वको अग्रणी बहुराष्ट्रिय कान्साई नेरोल्याक पेन्ट्स ईण्डिया र कान्साई पेन्ट्स जापानको सहायक कम्पनी हो । नेपालको विविधतापूर्ण प्राकृतिक वातावरणका लागि उपयुक्त, दीर्घकालिन टिकाउपन सहितको उत्पादन बजारमा ल्याएको उक्त कम्पनीले प्लास्टर, धातु, काठ सहित सबै प्रकारको घर तथा भित्ताका लागि उपयुक्त हुने उच्च गुणस्तरको विभिन्न रंग सामग्री उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्