खुकुरी प्रहारबाट महिला घाइते

खुकुरी प्रहारबाट महिला घाइते

संखुवासभा, जेठ १२ गते
संखुवासभाको मकालु गाउँपालिका-४ कारमाराङमा विहीबार खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छिन्।
घाइते हुनेमा मकालु गाउँपालिका-४ कारमाराङ बस्ने ५० बर्षिया गंगामाया राई रहेकी छिन्। उनालई सोही ठाउँका २६ बर्षिय लक्ष्मण राईले मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट कान र घाँटीमा चोट लागेकी राईको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरीको टोली खटिगई लक्ष्मणलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्