गायक उज्ज्वले ‘तिम्रो हसिलो मुहार’ लिएर आए

गायक उज्ज्वले ‘तिम्रो हसिलो मुहार’ लिएर आए

विराटनगर ÷ गायक उज्ज्वल किरणले दोस्रो म्यूजिक भिडियोे ‘तिम्रो हँसिलो मुहारले मा¥यो’ बोलको गीतको भिडियो युट्युवमा मार्फत सार्वजनिक गर्दै बजारमा ल्याएका छन् ।
पछिल्लो समय गायन क्षेत्रमा चम्एिका उज्वल किरणले हालै बजामा आएको ‘तिम्रो हँसिलो मुहारले मा¥यो ’ गीतको म्यूजिक भिडियो दोस्रो हो । उनले यस अघि ‘मनको पीडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।
मनपर्ने मायालुलाई आफू प्रति आकर्षित गर्न विभिन्न कार्य गर्दा पनि नजिक नभए पश्चातम आफू प्रति आकर्षित गर्न गरिएको बहाना र कार्यलाई सर्जकले गीत मार्फत उतारेको देखिन्छ ।
यस म्यूजिक भिडियोमा शब्द, संगीत दीपेन राईको रहेको छ । एरेन्जर मनोज मोतेको गरेका छन् । अडियो पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा गरेका हुन् । उक्त म्यूजिक भिडियोलाई निर्देशन श्री कुमार साम्पाङ्गले गरेका हुन् । भिडियोमा प्रदीप र रुबिनाको दमदार अभिनय हेर्न सकिन्छ भने देवराज सिंहले भिडियोलाई खिचिएका छन् । कोरियोग्राफरमा लक्ष्मी समालको रहेको छ । उत्पादनरवितरक भने ग्लोरी मिडिया इटहरीलाई दिएको छ । गीतको छायाकन पूर्वाञ्चलको पर्यटकीय सहरमा छायान गरिएको छ ।
भोजपुरमा जन्मिएका गायक उज्जवल किरण विराटनगरमा आएर अध्ययनसँगै गायन क्षेत्रमा संघर्ष गर्दै अगाडी बढेका छन् ।

https://www.youtube.com/watch?v=icVQl_RVVzs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्