गायक यमबुद्ध प्रति समर्पित कविता

गायक यमबुद्ध प्रति समर्पित कविता

 

ऊ गयो रे !
टाढा, धेरै टाढा
ऊ गएको ठाउँ
दूरबिनले देखिन्न रे !
भन्छन् ऊ अलबिदा भयो रे !
हिम्मत नहार्ने गीत गाउँथ्यो रे !
हिम्मत नहार्ने गीत कोर्थ्यो रे !
आज आफैँ हिम्मत हार्दा
ऊ अलबिदा भयो रे !

मनको ढुकढुकी थियो ऊ सबैको
फ्याँकिने प्रत्येक सास थियो ऊ सबैको
आज सबैको धडकन् बन्द भयो रे !
कारण
ऊ अलबिदा भयो रे !

मिठो आवाज सुनाउँथ्यो
हरेक युवाको व्यवहार गाउँथ्यो
हरेक युवाको विचार गाउँथ्यो
धेरै सपना अधुरै पार्दै
ऊ अलबिदा भयो रे !

 

 

लेखक : पुष्पराज पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्