ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

मोरङको ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँप्रमुखसहित सात वटै वाडमा अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ ।
ग्रामथान गाउँपालिकाको एक नम्बर वाडमा शुक्रबार वृहत भेला गरि माओवादी केन्द्रका उम्मेदवारी घोषणा गरेका हुन ।
ग्रामथान गाउँपालिको प्रमुखमा केन्द्रको तर्फबाट रमेश भगत र उपप्रमुखमा रणुका चौधरी (थारु) लाई अघि सारेको छ ।
त्यस्तै ग्रामथान गाउँपालिको एक नम्बर वडा अध्यक्षमा लज नारयण माझी, २ मा पूर्णकलाल उराउ, ३ मा रबिन्द्र गच्छदार, ४ मा तिलक राम बहिदार, ५ मा घेलुलाल चौधरी, ६ मा निर बहादुर निरौला र ७ मा भरतलाल माझीलाई रहेका छन् ।
उम्मेदवार घोषणा सभामा बोल्दै ग्रामथान गाउँपालिको प्रमुखको उम्मेदवार रमेश भगतले अन्य गाउँपालिका भन्दा ग्रामथान गाउँपालिकालाई नमुना गाउँमा रुपमा चिनाउने बताए । उनले भने, ‘मेरो पहिलो प्राथामिकता भनेकै ग्रामथानलाई विकास निमार्ण तिब्र रुपमा अगाडी बढाउने हो ।’
कार्यक्रममा बोल्दै संसद शिवकुमार मण्डल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मोरङका संयोजक गणेश उप्रेती (सुशिल), नेता उपेन्द्र रायले उम्मेदवारहरुलाई अग्रिम बिजयको शुभकामना दिएका थियो ।
ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले दुई साता अघिनै प्रमुख र उपप्रमुखको उम्मेदवारी ढुङ्ग्गाई सकेको थियो । उम्मेदवारी घोषणा गरेसँगै केन्द्रले चुनावी अभियानलाई तिव्र रुपमा अगाडी बढाएको छ । अहिले ग्रामथानमा माओवादी केन्द्रका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
ग्रामथान गाउँपालिका नेकपा एमाले प्रमुखमा शिवनारयण माझी र उपप्रमुखमा गुणवती धामी उठाएको छ भने नेपाली काँग्रेस, मधेशी दलले उम्मेदवारी छनौटको तयारीमा छ ।
साविकको ६ वटा गाविसलाई मिलाएर ग्रामथान गाउँपालिका बनेको हो ।

फोटो क्याप्सन

ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले घोषणा गरेको उम्मेदवारीहरु केन्द्रबाट ग्रामथान गाउँपालिकाको प्रमुख रमेश भगत र उपप्रमुख रेणुका चौधरी (थारु)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्