जडीबुटी उत्पादनका लागि ग्रिन हाउस

जडीबुटी उत्पादनका लागि ग्रिन हाउस

साउन २० गते । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बताउनुभयो ।

“बाँझो जमिनका रुपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडीबुटी उत्पादन गर्न सकिने सम्भावना छ”, उहाँले भन्नुभयो । नेपाल जडीबुटी व्यवसायी सङ्घ, दाङका अध्यक्ष सन्तोष सोनीले हाल स्थानीयवासीले व्यक्तिगतरmपमा सानो मात्रामा जडीबुटी उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएपछि हाल बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रु नौ लाखको लगानीमा ग्रिन हाउस ९हरित गृह० स्थापना गरिएको छ । जिआइजेड र नेपाल जडीबुटी व्यवसायी सङ्घको सहयोगमा उक्त हाउसको स्थापना गरिएको हो । ग्रिन हाउसमा खासगरी टिम्बुर, दालचिनी लगायतका बिरुवा उत्पादन गरिनेछ । वार्षिक ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित ग्रिन हाउसको स्थापना गरिएको स्थानीयवासी लालबहादुर गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार ग्रिन हाउसमा मात्रै करिब १० जनाले रोजगारी पाएका छन् भने वार्षिक रु तीन लाख सम्मको आम्दानी गर्ने लक्ष्य राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्