जापानी राजदूतद्वारा २० लाख मूल्य बराबरका खेलसामग्री हस्ताणतरण

जापानी राजदूतद्वारा २० लाख मूल्य बराबरका खेलसामग्री हस्ताणतरण

काठमाडौँ । नेपालका लागि जापानी राजदूत माससी ओगावाले रु २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई  गरे।

स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूतावासमा एक कार्यक्रममा हस्ताणतरण गरे।

खेलकुद सामग्री हस्ताणतरण समारोहमा बोल्दै राजदूत माससीले नेपालमा स्की खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताए ।
नेपालमा स्की खेल सन् २००७ बाट सुरु भएको हो । स्की हिउँमा खेल्ने चिप्लेटी खेल हो । यो खेल जापानमा लोकप्रिय छ । नेपालमा हिउँ पर्दा मनाङ र मुस्ताङमा यो खेल खेल्न सकिन्छ ।
‘भोलिका लागि खेल ’ भन्ने अभियानलाई सफल पार्न जापानले विश्वमा झण्डै १०० देशमा विभिन्न खेलसँग सम्बन्धी सामग्री वितरण गर्ने नीति अघि सारेको दूतावासले जानकारी दिएको छ ।
स्की अन्तरराष्ट्रिय खेल हो । विशेष गरी जापान र उत्तर अमेरिकामा यस खेलको महत्व बढ्दै गएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्