जेष्ठ नागरिकहरुलाई वर्षमा एक पटक देश दर्शन गर्न लान्छु : अर्जुन गिरी

जेष्ठ नागरिकहरुलाई वर्षमा एक पटक देश दर्शन गर्न लान्छु : अर्जुन गिरी

४३ वर्षीय अर्जुन गिरी साविक विराटनगर र हाल १० नम्बर वडाबाट नेकपा एमालेको उम्मेदवारको रुपमा वडा अध्यक्षमा खडा भएकाछन् । २०४७ सालमा कलिलै उमेरमा यूवा संघ मार्फत एमालेमा लाग्नु भएका गिरी वडाको सह सचिव देखि अध्यक्ष समेत भए । त्यस क्षेत्रका यूवा माझ लोकप्रिय गिरी विभिन्न सामाजिक संघ÷संस्थामा पनि क्रियाशिल छन् । रेडक्रसको आजिवन सदस्य, गणेश पुस्तकालयको सदस्य विभिन्न मठ मन्दिरको सदस्य भएर गिरी सामाजिक क्षेत्रमा क्रियाशिल छन् । विराटनगर–१० अहिले नगरभित्रकै चर्चित वडाको रुपमा रहेको छ । कांग्रेस र एमालेका वागी उम्मेदवार समेत रहेको सो वडामा अन्य व्यक्तिले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । यी सबै चुनौतीलाई पार गर्दै विजय यात्राका लागि लम्कीएका गिरीसँग गरिएका कुराकानीः
१. चुनावी प्रतिस्पर्धा को सँग हुन्छ ?
खासगरेर विराटनगरमा वडा नं. १३ हालको १० एमालेको प्रभाव क्षेत्र हो । कांग्रेसको दवदवा भएको वेला समेत एमालेले अत्याधिक मत ल्याउने वडा हो । त्यसैले यहाँ प्रतिस्पर्धा हुने छट्काट् देख्दीन । तर पनि हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ ।
२.तपाईको वडाबाट वागी पनि खडा भएका छन् ?
वागी विद्रोहीलाई जनताले पत्याउँदैन । देश व्यापी रुपमा वागी विद्रोहीलाई कसैले पत्याएको छैन् । वागी उम्मेदवार बनेकालाई पार्टीैले कारवाही गरी सकेको छ । पार्टीका इमान्दार कार्यकर्ताहरु एमालेको विकल्पमा सोचनै सक्दैनन् । त्यही माथी म जहिले देखि पार्टीमा लागेको छु कहिले निस्कृय छुईन । म कुनै पनि आन्दोलनमा लुकेको पनि छुईन् । यस्तो अवस्थामा मलाई सबै वडा वासीले सहयोग गर्नुहुनेछ र वागी विद्रोही र अरुसबै पराजित हुनेछन् ।
३.तपाईलाई जिताउनुपर्ने के त्यस्तो कारण छ ?
वास्तवमा म निरन्तर पार्टी भित्र छु । सामाजिक काममा पार्टी भन्दा माथी उठेर अघि बढ्ने गरेको छु । त्यसैले पनि अहिले मेरो चुनावी अभियानमा पार्टी बाहिरका धेरै सुभेछुकहरु लागि रहनुभएको छ । त्यसैका कारण पनि म चुनाव सजिलै जित्छु । मसँग चुनाव जित्ने एजेन्डा छन् । म एजेन्डा समेत चुनावी महोलमा लागेको छु ।

४.तपाईसँग चुनाव जित्ने एजेन्डाहरु के के छन् ?
नम्बर वडाका जेष्ठ नागरिकहरुलाई वर्षमा एक पटक देश दर्शन कार्यक्रम संचालन गर्नेछु । वडा भित्र विक्षारोपण कार्यक्रम गर्नेछु । वडा भित्रका ग्राभेल सडकहरुलाई पिच गर्नेछु । मठ मन्दिर र ग्रामथानहरुको संरक्षण गर्ने कार्यक्रम गर्नेछु । युवाहरुका लागि खेलकुद कार्यक्रमहरु संचालन गर्नेछु । वडा भित्र व्यामशालाहरुको निर्माणमा क्रियाशिल हुनेछु । बालबालिका लागि क्लबहरु निर्माण गर्नेछु । वडा भित्रको खानेपानी समस्यालाई समाधान गर्न क्रियाशिल हुनेछु । सामुदायिक प्रहरीको व्यवस्थित कार्यालय बनाउन पहल गर्नेछु । वडाका मधेसी तथा मुस्लिम समुदायका लागि सिप मुलक कार्यक्रम संचालन गर्नेछु ।
५.अन्त्यमा वडावासीलाई केही भन्नु छ ?
म वडावासीलाई म यो प्रतिवद्धता व्यक्त गर्न चाहान्छु कि म जनताको काम घर दैलोमै पुगेर गर्नेछु । वडा कार्यालयलाई व्यवस्थित गरी जन प्रतिनिधिहरु भेटिनेर कर्मचारीहरु सधै बस्ने व्यवस्था गर्नेछु । जनताको काम कति समयमा कसरी गर्ने भनेर बडा–पत्र सार्वजनीक गर्नेछु । वडाका हरेक सामाजिक कामलाई सहयोग गर्नेछु र त्यस्ता कामहरुमा सधै क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्