झापामा मोटरसाइकल दुर्घटना , चालक राजवंशीको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना , चालक राजवंशीको मृत्यु

झापा, पौष २७ गते।

झापा जिल्लाको शिव-सतासीमा आइतबार सांझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका १० का ३१ वर्षिय सतेन राजवंशीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते राजवंशीलाई उपचारकालागि बि.एण्ड सि. अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारकाक्रममा उनको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे. १ प ५४१६ नम्बरको मोटरसाइकल शिव-सतासी नगरपालिका ५ स्थित सम्झना चौकमा सांझ करिब साढे ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्