तरहरामा एक ब्यक्ति मृत फेला , मापसे सेवनबाट मृत्यु भएको अनुमान

तरहरामा एक ब्यक्ति  मृत फेला , मापसे सेवनबाट मृत्यु भएको अनुमान

तरहरा, मङ्सिर १  सुनसरीको तरहरा चोकस्थीत शुनगाभा पुस्तक पसल अगाडी शुक्रबार बिहान एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । इटहरी २० निवासी बल बहादुर शार्की बिहानको समयमा मृत फेला परेको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादुर कट्वालले जानकारी दिए ।

मापसे सेवन गरी चिसोका कारण उनकाे मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतकका बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्र्टमाटका लागी धरान स्थित विपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्