तस्करी चलाउन ‘सेटिङ’ मिलाएर तस्करसंग रकम लिने इन्सपेक्टर यादवमाथि कारवाही…!

तस्करी चलाउन ‘सेटिङ’ मिलाएर तस्करसंग रकम लिने इन्सपेक्टर यादवमाथि कारवाही…!

विराटनगर, १५ साउन । नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउन निकै मायुर रहेका इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवमाथि कारवाही सुरु गरिएको छ ।
तस्करी गरेको विषयमा विवादमा परेपछि कारवाहीका लागि यादवलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएका छन् ।
तस्करी चलाउन ‘सेटिङ’ मिलाएर तस्करसंग रकम लिने गरेको विवादमा तानिएपछि निरीक्षक यादवमाथि कारवाही सुरु गरिएको हो ।

[caption id="attachment_37558" align="alignnone" width="1368"] इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादव Photo : OB Media [/caption]

यादवलाई जिल्ल प्रहरी कार्यलय तानिए पनि उनको स्थानमा कसैलाई पठाइएको छैन । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्राईको निर्देशनमा यादवमाथि कारवाहीका लागि थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
डीआईजी भट्टराईका अनुसार भारतबाट नेपालतर्फ निर्यातहुने कपडा, दैनिक उपभोग्य वस्तु, माछा, औद्योगिक कच्चा पदार्थ, कम्प्युटर तथा गाडीका पार्टपूर्जा लगायत र नेपालबाट भारततर्फ हुने सुपारी, गिट्टी, बालुवा, सुनचाँदी लगायतका वस्तु तस्करीमा इन्सपेक्टर यादवको प्रत्यक्ष संलग्नता देखिएको छ । ‘प्रारम्भिक छानविनबाट एक जना तस्करसंग सबै भन्दा बढी मासिक एक लाख रुपैयाँ सम्म लिंदै आएको पाइएको छ,’ प्रहरीका एक अधिकारीले भने, ‘तस्करीको लाइन चलाउनेसंग मासिक १० हजार भन्दा बढी असुल्ने गरेको देखिन्छ ।’ यादवलको २०७३ साल पुस १८ गते इप्रका रानीमा काज सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयको पुस ६ गतेको इन्सपेक्टरको सरुवा सूचीमा उनको दरबन्दी जिल्ला ट्राफिक कार्यालय मोरङ कायम गरिएको भए पनि त्यसको १२ दिन वित्न नपाउँदै र ट्राफिक कार्यालयमा हाजिर नै नभइकन छ किलोमिटर दूरीमा रहेको इप्रका रानीमा भएको उनको काज सरुवा त्यतिबेला पनि विवादमा परेको थियो ।
प्रहरी उच्च स्रोतका अनुसार प्रहरीका लागि आकर्षित ठाउँमा रुपमा चिनिएको रानीमा उहाँ मोरङ ट्राफिकको जिम्मेवारी सम्हाल्न नआइकन शक्तिकेन्द्र धाएर र उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो काज सरुवा गराउन सफल हुनु भएको भएका थिए । स्रोतका अनुसार पहिलो चरणमा सचेत गराउने र नसिहद दिंदै ग्रेड रोक्का समेतको कारवाही गरेर यादवमाथि थप अनुसन्धान अघि बढाउने प्रक्रिया सुरु गरिएको छ । थप अनुसन्धानपछि अरु पनि कारवाही गर्नु पर्ने देखिएको छ भने त्यसका लागि प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेश गरिने डीआईजी भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्