तिहार पर्व सुरु , आज काग तिहार

तिहार पर्व सुरु , आज काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलबारदेखि तिहार पर्व सुरु हुँदैछ ।  यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ ।  कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मरण गरिन्छ ।  कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ ।  कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने ज्योतिषीय मान्यता रहेको डा. सुनिल सिटौला बताउनुहुन्छ ।  डा. सिटौलाका अनुसार पूजाका दिनबाहेक अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ तृप्त हुन्छन् ।
निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ ।  यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ ।  यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ ।  बाग्मती अञ्चल आयुर्वेद औषधालयले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा पूजा आयोजना गरेको छ ।
यसैगरी आयुर्वेद क्षेत्रका सङ्घसंस्थाले धन्वन्तरीको पूजा गर्दै आरोग्य दिवस मनाउँदैछन् ।  जयबागेश्वरी निवासी समाजसेवी ज्येष्ठ नागरिक मुकुन्द वैद्यका अनुसार यहाँका वैद्यले परापूर्वकालमा रावणको उपचार गरेको भनाइ छ ।  त्यसैले यहाँको पीठमा धन्वन्तरीको अर्चना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्