धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ 

धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ 

सुनसरी, साउन ११

सुनसरी जिल्लाको धरानबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ बस्ने बर्ष-२१ को बिमल बि.क. र मोरङ केरावारी ५ बस्ने बर्ष २५ को अर्जुन कुवँर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।दुबैको साथबाट नाइट्रोशन ट्याब्लेट १० थान बरामद भएकोले अनुसन्धानकालागी ईलाका प्रहरी कार्यालयमा राखिएको छ।

यता सुनसरी जिल्लाको बर्जु गाउँपालिका १ बस्ने बर्ष -४८ को लक्ष्मी कामतको घरबाट अवैध कुर्ता सुरुवाल, साडी र बेड सिट कभर बरामद भएको छ। कामतको घरमा भन्सार छलेर ल्याएको कपडा राखिएको भन्ने विशेष सुचानका आधारमा प्रहरीले मंगलबार उनको घरबाट २२ पोका कपडा बरामद गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्