नवलपरासीमा राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते

नवलपरासीमा राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते

नवलपरासीमा राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आज आयोजना गरेको  विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो ।

 झडपका क्रममा प्रहरीले केही राउन्ड रबर गोली र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले चलाएको रबरको गोली लागि राजपाका कार्यकर्ता जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन् ।

यसैगरी प्रहरीको झडपमा परी नवलपरासी क्षेत्र नं– ६ का रामेश्वर कुशवाह घाइते भएको संयुक्त मधेसी मोर्चाका जिल्ला संयोजक मुकुर्जी गिरीले जानकारी दिए । घाइतेको परासी अस्पतालमा उपचार भइरहेको छ ।

सभा चल्दै गर्दा सभा नजिकै रहेको मध्यनेपाल यातायात व्यवसायी समितिको काउन्टरमा राखिएको नेकपा (एमाले)को टिसर्टको पोकोलाई राजपाका कार्यकर्ताले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो ।

प्रहरीले राजपाका कार्यकर्ता देवगाउँका हैदर अलि मोमिन र राजेन्द्र तिवारीलाई पक्राउ गरेको छ ।

सभालाई राजपाका संयोजक मण्डलका सदस्य राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, वरिष्ठ नेता हृदयश त्रिपाठीलगायतले सम्बोधन गरेका थिए । संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा सो झडप भएको हो । झडपपछि राजपाका शीर्ष नेतालाई सुरक्षाकर्मीले परासीकै एक होटेलमा सुरक्षित पु¥याएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्