निता ढुंगानालाई अमेरिकामा उत्कृष्ठ अभिनेतृको पुरस्कार

निता ढुंगानालाई अमेरिकामा उत्कृष्ठ अभिनेतृको पुरस्कार

काठमाडौं । अभिनेत्री निता ढुंगानाले ‘सनफ्रान्सिस्को चलचित्र महोत्सव’ को उत्कृष्ठ अभिनेतृको पुस्कार जितेकी छन् । अमेरिकाको सनफ्रान्सिस्को सहरमा आयोजित ‘सनफ्रान्सिस्को चलचित्र महोत्सव’ सहभागी निताद्वारा अभिनित चलचित्र ‘पञ्चायत’ बाट उनले उत्कृष्ठ अभिनेतृको पुरस्कार जितेकी हुन् ।

‘पञ्चायत’ विदेशी भाषाको उत्कृष्ट चलचित्र पनि घोषित भएको छ । ‘पञ्चायत’ तत्कालीन ३० वर्षे पञ्चायती शासनकालको विषय समेटिएको चलचित्र हो ।

शिवम अधिकारीको लेखन र निर्देशन रहेको चलचित्रमा नितासँगै सरोज खनाल, रुपा राना, लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्