निदाएका युवालाई बिउझाउने प्रयास

निदाएका युवालाई बिउझाउने प्रयास

-ईश्वर रेग्मी

विराटनगर ! कुनै समय थियो जहाँ सामाजिक , राजनैतिक र खेलकुदमा अब्बल मानिन्थ्यो । तर आज त्यस्तो महसुस गर्दिन म । यधपी शिक्षा र स्वास्थ्य क्षेत्रमा भने फड्को मारिरहेको अवस्था छ ! समाज यस्तो सम्म भएछ कि साँझ बिहान चोकमा गफ सुन्दा अक्सर यस्तो सुन्ने गर्दछु " जुन पार्टीले पैसा दिन्छ त्यही पार्टीलाई भोट हालिन्छ " ।

कठै मेरो समाज अनी कठै मेरो समाजका युवाहरु ! कुसंस्कारले भरिएको मेरो देशको राजनीति सुधार्न हामी युवाहरु सोयम राजनीतिमा हाम फाल्नु जरुरी छ ! हाम चाहिँ फाल्नु तर लड्ने गरि हैन , लडेकाे राजनीति उठाउने गरि । हो ठिक त्यसै गरि हाम फाल्ने जमर्को म गर्दै छु । जमर्को त गरेँ तर यो विराटनगर सहरमा सकृय युवाहरु देख्नै गाह्राे छ , छन तर संघ संस्थामा , राजनितिमा अती कम । कोहि राजधानी केन्द्रित छन त कोहि वैदेशिक रोजगार त कोहि वैदेशिक अध्ययनमा व्यस्त जीवन बिताइरहेका छन । अनि रहेका अरु युवाहरु कुनै न कुनै पार्टीको भातृ संघसंगठनको सदस्यता भिरेर आमसभा र जुलुसको पात्र भएर हिँडिरहेका छन ।

जुनसुकै पार्टीमा लाग तर युवाहरु अाफैँ नेतृत्व लिन अग्रसरता देखाउ संघर्ष गर तर चुप नबस ! अब म पनि चुप बस्ने छैन , युवा एकतामा जोड दिन्छु संघर्ष गर्छु सामाजिक राजनैतिक बाटोमा लड्छु उठ्छु तर हिम्मत कदापि हार्ने छैन ! कठिन छ यात्रा तर असहज पनि त छैन । सत्य र राम्रो कामले ढिलो चाँडाे अवश्य सफलता पाउँछ । म " पैसा , पाखुरा र पावर " को आधारमा भन्दा पनि " परिवेश , प्रयोगात्मक र परिवर्तन " का आधारमा सामाजिक राजनैतिक यात्रामा आफ्नो पैदल बढाउन चाहन्छु । युवा एकता र युवा उध्यमशिलतामा मेरो मुख्य जोड रहनेछ । त्यो म साझा पार्टी मार्फत अगाडि बढाउने छु । आशा छ युवा शक्ति चाँडै राजनीतिमा हावि हुनेछ । जय युवा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्