निर्वाचन लक्षित १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु

निर्वाचन लक्षित १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु

बिराटनगर २ मंसिर । आसन्न प्रतिनिधि सभा एंव प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ ।
गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा केन्द्रित हुने बताइएको छ
आज बिहान गोष्ठीको विशिष्ट अतिथि रहेका गृह सचिव मोहनकृष्ण सापकोटाले आसन्न निर्वाचनको मुखमा उम्मेदवार लक्षित गरी भएका आक्रमणले सुरक्षा चुनौती वढाएको वताउनु भयो । उहाले परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिलाई निर्देशन समेत दिनुभयो ।
गृह सचिव सापकोटाले स्र्रोत साधन र निर्देशन अभावको बहाना बनाएर नपन्छिकन प्राप्त अधिकार पुर्ण प्रयोग गरेर सुरक्षा प्रदान गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेका हुन । सचिव सापकोटाले विश्वका जुनसुकै देशका सुरक्षा योजनामा पनि केही न केही स्रोधसाधनको कमजोरी हुने गरेको बताउँदै प्राप्त अधिकार जिम्मेवार भएर प्रयोग गरेमा सरकारले बनाएको तीन घेरे सुरक्षा योजना पुर्ण सफल हुने बताउनु भयो ।
कार्यक्रममा निर्वाचनलाई दृष्टीगत गरी जिल्लाको सुरक्षा व्यवस्थापनको अवस्था र विद्यमान चुनैतीका वारेमा सुरक्षा समितिको संयोजक रहेका सम्वन्धीत प्रम्ख जिल्ला अधिकारीले आफनो प्रस्तुती दिने कार्यक्रम रहेको छ । कार्यक्रममा चारैवटा सुरक्षा अंगका प्रमुखहरुको सहभागीता रहेको छ ।त्यसगरी क्षेत्रिय प्रशासकसहित पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्