न्युजिल्यान्डले भारतलाई ४० रनले हरायो

न्युजिल्यान्डले  भारतलाई ४० रनले हरायो

एजेन्सी । घरेलु टोलि भारतविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । राजकोटमा शनिबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ४० रनले पराजित गरेको हो ।

न्युजिल्यान्डले दिएको १९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै २० ओभरमा ७ विकेट गुमाएर मात्र १५६ रन बनाउन सक्यो । भारतको लागि कप्तान विराट कोहलीले ६५ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । यस्तै महेन्द्र सिंह १ रनले अर्धशतक बनाउनबाट चुके । धोनी ४९ रनमा आउट हुँदा श्रेयस आयरले २३ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको न्युजिल्यान्डले कोलिन मुनरोको शतकीय पारीमा पुरै २० ओभर खेल्दै मात्र २ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

न्युजिल्यान्डको उच्च स्कोरमा मुनरोले ५८ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै अविजित १०९ रन बनाए । टि – ट्वान्टीमा उनको यो बर्ष दोस्रो शतक समेत हो । यस्तै न्युजिल्यान्डका मार्टीन गुप्तिलले ४५ रन जोडे । भारतका महोमेद सिराज र युजभेन्द्र चाहलले समान १ – १ विकेट लिए ।

यो जितसँगै न्युजिल्यान्डले घरेलु टोलि भारतविरुद्धको ३ खेलको टि – ट्वान्टी सिरिजमा १ – १ को बराबरी गरेको छ । दुई टोलीबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने छ । यसअघि दिल्लीमा भएको पहिलो खेलमा भारत ५३ रनले विजयी भएको थियो । यस्तै भारतले यसअघि न्युजिल्यान्डसंगको एक दिवसीय सिरिज समेत जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्