परिर्वतनशील धिमाल युवा संघको अध्यक्षमा बिकास धिमाल

परिर्वतनशील धिमाल युवा संघको अध्यक्षमा बिकास धिमाल

विजय धिमाल, उर्लाबारी ३० असोज  , मोरङको उर्लाबारी ८ अठियाबारी स्थित बालविकास केन्द्रको हलमा परिर्वतनशील धिमाल युवा संघको दाश्रो साधारणसभाले बिकास धिमालको अध्यक्षतामा ११ सदस्य समिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष क्रमश अनिल धिमाल, सुनिल धिमाल, मेनुका धिमाल, राजकुमार धिमाल तथा सदस्यहरुमा धनकुमारी धिमाल, दुर्गा धिमाल, दिपेन धिमाल, राजु धिमाल, सागर धिमाल र रुजन धिमाल चयन भएको हो । स्थानिय युवाहरुको सक्रियतामा विगत ३ वर्ष देखि स्वदेश तथा विदेशमा रहेको स्थानिय युवाहरुको आर्थिक तथा भौतिक सहयोगमा चल्दैआएको छ । संघले आफ्नो समुदाय भित्र विबाह, कार्यशुद्ध लगायत विविध कार्यक्रममा चाहीने सरसामान देउसी भैलो तथा विभिन्न कार्यक्रमहरुबाट संकलित रकमबाट जुटाउदै आइरहेकाछन । विगतका दिनमा देउसि भैलोबाट संकलित रकमले सत्र धुर जग्गा खरिद गरिएको छ ।

सोही जग्गामा संघले तिस लाख बराबरको दुई तल्ले परिर्वतनशील धिमाल युवा सामुदायीक भवन साथै धिमाल संग्राहलय निर्माण गरिने सभामा जानकारी गराएका थिए । भवन निर्माणकालागी संसदकोषबाट माननिय सांसद गंगा डांगीबाट चार ृलाख र पर्तमान धिमालबाट पाँच लाख रकम सहयोग हुने कार्यक्र संचालक सुनिल धिमालले जानकारी दिए । थप्दै अन्य अपुग रकम वैदेशिक रोजगारमा रहेका स्थनिय युवाहरुबाट र स्थानिय गाँउटोलको सहयोगमा निर्माण सम्पन्न गर्ने जानकारी दिए । पाँच हजार रकम सहयोग गरेका एक जनाको शिलालेखमा नाम र बिस हजार सहयोग गर्ने दातालाई परिवार सबैको नाम शिलालेखका राख्ने संघले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि माननिय सांसद पर्तमान धिमाल, अतिथिमा धिमाल जातीय विकास केन्द्र अठियाबारी गाँउटोल समितिका अध्यक्ष नारायण धिमाल लगायत स्थानिय समाजसेवि तथा बुद्धिजिवी रहेका थिए भने परिर्वतनशील धिमाल युवा संघका पूर्व उपाध्यक्ष विकास धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्