पाकिस्तानसँग भारत पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ

पाकिस्तानसँग भारत पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ

भारतको मध्य प्रदेश राज्यमा भारतीय टोलीले पाकिस्तानसँग च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुविरुद्ध देशद्रोहको मुद्दा लगाउने तयारी गरेको छ, जसको कानुनी कारबाही आजीवन कारावास हुन सक्छ ।

१९ देखि ३५ वर्ष उमेर समूहका मुस्लिम पाकिस्तान समर्थक मध्य प्रदेशको बुरहानपुर जिल्लाबाट स्थानीयको उजुरीको आधारमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

उनीहरुले आइतवार बेलुकी पाकिस्तानले भारतलाई हराएपछि पाकिस्तानको पक्षमा नारा लगाएको र पटका पड्काएको स्थानियको दाबी छ ।

उनीहरुमाथि आपराधिक षड्यन्त्रको आरोप पनि लगाइएको र उनीहरुलाई मंगलवार अदालतमा पेश गरी जेल चलान गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्