पिएलअाे लुब्रिकेन्ट्स विराट फुटसल कपकाे सेमिफाइनलमा

पिएलअाे लुब्रिकेन्ट्स विराट फुटसल कपकाे सेमिफाइनलमा

अाेबि मिडिया प्रालि द्वारा विराटनगरमा गत भदाै ३० गतेबाट अायाेजना भइरहेकाे अन्नपुर्ण सिमेन्ट विराट फुटसल कप अन्तरगत अाज साँझ भएकाे पिएलअाे लुब्रिकेन्ट्स विरूद्ध मनमाेहन मेमाेरियल पाेलिटेक्निक बिचकाे खेलमा पिएलअाे बिजयी भएकाे थियाे । समुह डि अन्तर्गतका तिनै टाेलीले एक एक जितका साथ समान ३-३ अंक पाए पछि गाेल अन्तरकाे अाधारमा पिएलअाे प्रतियाेगिताकाे सेमिफाइनल प्रवेश गरेकाे हाे गत वर्षकाे डिफेन्डिगं च्याम्पियन्स मनमाेहनलाइ सेमिफाइनलकाे बाटाे तय गर्न अाज जित वा कम गाेल खाएर हार भए पनि पुग्ने अवस्था थियाे भने पिएलअाेले फराकिलाे गाेल अन्तरकाे जित अावश्यक थियाे । पिएलअाेले ९-२ काे फराकिलाे गाेल अन्तरले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे । पिएलअाेका लागि जिवन पाैडेलले ३ तथा सुदिप मास्के, सुरज प्रधान, बिक्की थापाले समान २-२ गाेल गरेका छन् । यसै गरि मनमाेहनका लागि युवराज चाैधरी र रंजन चाैधरीले १-१ गाेल गरे । खेलकाे म्यान अफ दि म्याच पिएलअाेका कप्तान तथा गालकिपर अाकाश दुलाल घाेषित भए । [caption id="attachment_40345" align="aligncenter" width="1556"] म्यान अफ दि म्याच अाकाश दुलाल, पिएलअाे सँग अाेबी मिडियाकी एडमिनिस्ट्रेटिव अफिसर सुनिता थापा[/caption]
यसै गरि अाज साँझ भएका अाइएमइ माेटर्स विरूद्ध नेपाल एसबिअाइ बैंककाे खेलमा एसबिअाइ बैंक विजयी भएकाे थियाे । समुह ए अन्तर्गतकाे अन्तिम खेलमा एसबीअाइले ५-३ काे गाेल अन्तरले बिजय हासील गरेकाे थियाे । एसबीअाइका तर्फबाट उद्धव थापाले ३ तथा प्रणय राज प्रधान र प्रविण गिरिले १-१ गाेल गरे भने अाइएमइकाे तर्फबाट प्रमाेद घिमिरे, श्रविण श्रेष्ठ र जय नारायण मलाहले समान १-१ गाेल गरेका थिए । यस खेलका म्यान अफ दि म्याच एसबिअाइ बैंकका अनिष प्रधान भए । [caption id="attachment_40346" align="aligncenter" width="1556"] म्यान अफ दि म्याच अनिष प्रधान, एनअाइसि एशिया खेलका अफिसियल बिक्रम कार्कीका साथ [/caption]

सेमि फाइनल अन्तर्गतकाे खेल भाेली बुधबार समुह सीकाे विजेता एनअाइसी एशिया बैंक विरूद्ध समुह ए का बिजेता मकालु टेलिभिजनसँग साँझ ६ बजे र समुह बि काे बिजेता युराे कलेज विरूद्ध समुह डिकाे विजेता पिएलअाे लुब्रिकेन्ट्स फाइनलका लागि भिड्नेछ ।

असाेज ५ गते हुने प्रतियाेगिताकाे फाइनलमा बिजयी हुने विजेताले उपाधी सहित ५० हजार रूपैया पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रू २५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्