पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, घाइतेकाे विराटनगरमा उपचार हुँदै

पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, घाइतेकाे विराटनगरमा उपचार हुँदै

पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्।
सिरहाको कर्जन्हा गाउँपालिका-५ बगाहा चौकमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ४९०४ नम्बरको बस बिग्रिएर रोकी रहेको अवस्थमा सोही बसका यात्रु जिल्ला रुपेन्देही सालझन्डी बस्ने ३८ बर्षिय मदन थापालाई पश्चिमबाट पूर्बतर्फ आउदै गरेको स ३ प ३७८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी बोधेबरसाईन-३ बस्ने ४७ बर्षिय रामकुमार यादव समेत घाइते भएका छन्।
घाइते दुवैको कर्जन्हा स्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेकोमा मदनलाई थप उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याइएको इलाका प्रहरी कार्यालय मिर्चेयाले जनाएको छ।
यता मोरङको उर्लाबारी नगरपालिका-७ स्थित पूर्व बस स्टेन नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ७ प ६६ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको द न पा १११ नम्बरको सिटी सफारी संग ठक्कर खाँदा मोटरसाइकल चालक दमक-१६ बस्ने ३५ बर्षिय सुरेश, सिटी सफारी चालक दमक-१६ बस्ने ३२ बर्षिय रबिन तामाङ घाइते भएका छन्।
घाइते मध्ये सुरेशको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने रबिनको अरनिको हस्पिटल उर्लाबारीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानएको छ।
यस्तै झापाको कमल गाउँपालिका-४ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे ६ प ५९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बितामोड शनिअर्जुन-६ बस्ने अन्दाजी २५ बर्षिय अजय दाहाल घाईते भएका छन्।
उनको दमक लाईफ लाईन हस्पिटलमा उपचार भइरहेको प्रहरी चौकी केर्खाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्