प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने भएको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मंसिर १० गते गर्ने गरी निर्वाचन आयोगलाई लेखि पठाउने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार अहिले दुई चरणमा गर्ने कि एकैचरणमा भन्ने केही उल्लेख नगरी आयोगलाई लेखिपठाइनेछ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार यसअघि दुई चरणमा गर्ने तयारी गरिएको भए पनि निर्वाचन आयोगले सकेमा एकैचरणमा गर्ने विषयमा छलफल भएको थियो ।

तर निर्वाचन आयोगले यसअघि व्यवस्थापनको समस्या देखाउँदै एकैचरणमा दुइवटा निर्वाचन गर्न समस्या हुने जनाएको थियो ।

बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको छ । भारतसँगका एजेण्डाका बारेमा जानकारी छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्