प्रदेश १ को क्षेत्रीय सुरक्षा गोष्ठी सम्पन्न , योजना अनुसार अघि बढ्न गृहमन्त्रीको निर्देशन

प्रदेश १ को क्षेत्रीय सुरक्षा गोष्ठी सम्पन्न , योजना अनुसार अघि बढ्न गृहमन्त्रीको निर्देशन

विराटनगर ८ असार । गृह मन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएकाछन् ।
विराटनगरमा बिहीबार आयोजित प्रदेश नम्बर १ को क्षेत्रीय सुरक्षा गोष्ठी उद्धघाटन गर्दै शर्माले निर्वाचनका लागि केन्द्रीय सुरक्षा समितिले योजना बनाएर क्षेत्रीय र जिल्ला सुरक्षा समितिलाई पठाएका कारण त्यही अनुरुप सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताए । उनले निर्वाचनलाई लक्षित गरेर जिल्लागत वस्तुस्थितीका आधारमा सुरक्षा योजनालाई कार्यान्वायन गर्न पनि निर्देशन दिएकाछन् । निर्वाचन सुरक्षा व्यवस्था मिलाउने सन्दर्भमा केही चुनौती रहेको उल्लेख गर्दै मन्त्री शर्माले ती चुनौतीको सामना गर्न तयार हुन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिए ।
गोष्ठीमा पूर्वाञ्चलका १६ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अञ्चल प्रहरी प्रमुखहरु, नेपाल तथा सशस्त्र प्रहरीका क्षेत्रीय तथा केन्द्रीय प्रमुखहरु, राष्ट्रिय अनुसन्धानका प्रमुख, क्षेत्रीय प्रशासक, नेपाली सेनाका अधिकारी, निर्वाचन आयुक्त, गृह सचिव लगायतका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । यसैविच आज विहान मोरङको रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलय को भवन गृहमन्त्रीले निरिक्षण गरेका छन् ।
गृहमन्त्री भएपछिे प्रहरी कार्यालय पहिलो पटक निरिक्षण गरेका हुन् । यो २०१९ सालमा प्रहरी कार्यलय स्थापना भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्