बलिउड अभिनेत्री कृतिका चौधरीको हत्या

बलिउड अभिनेत्री कृतिका चौधरीको हत्या

संघर्षरत बलिउड अभिनेत्री कृतिका चौधरीको चार दिनअघि उनको मुम्बईस्थित फ्लाटमा केही अज्ञात व्यक्तिले हत्या गरेका छन् । उनको फ्लाट बाहिरबाट बन्द थियो । आजतकका अनुसार एक प्रहरी अधिकारीले घटनास्थलमा पुगेको र यस विषयमा छानबिन गरिरहेको बताए ।

कृतिकाको अपार्टमेन्ट मुम्बईको अँधेरी पश्चिम क्षेत्रमा छ । उनको शव दुर्गन्धित अवस्थामा एसी खुल्ला भएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार हत्या तीनचार दिन अघि भएको हो । र, दुर्गन्ध बाहिर आउन थालेको थियो ।

एक अर्का प्रहरी अधिकृतले भने, “आज ३ः४५ को आसपास अम्बोली प्रहरीकहाँ अपार्टमेन्टबाट दुर्गन्ध आइरहेको भन्दै फोन आयो, जब हामीले ढोका खोल्यौँ त्यहाँ युवतीको शव दुर्गन्धित अवस्थामा फेला पर्यो ।”

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । बाँकी विवरण आउन बाँकी रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्