बाजे ! (कविता) – अज्ञात दधी

बाजे ! (कविता) – अज्ञात दधी

बाजे !बसौ हौ एकछिन
यो प्रचन्ड गर्मीमा
उदेक लाग्दो उकालो कति हिड्नु
कति बगाउनु खुन ,पसिना बगाए जस्तै
बाजे!बसौं हौ एकछिन
यो गर्मीमा एसो फेरिपनि
एक ट्वाक लगाम ।
जे परे परोस्
जो मरे मरोस
बुढी कराउँदै गर्छे
छोरी डराउदै गर्छे ,
यो मन भरिको
पिर एक छिन भएनी
भुलाउन,बसौ
बाजे !
फेरि लगाम हौ !
यो प्रचण्ड गर्मीमा एक ट्वाक ।
मार बाजे अब त आसपनि
त्यो डाडामाथिको
बुढो
वरको रुखभन्दा पुरानो
इतिहास देखाएर
सहर छिरेको
एउटा भलाद्मी छिरेको छिरेकै भएछ
बन्दुक भिरेको अर्कोले भिरेको भिरेकै भएछ
आउ, बसौ बाजे !
निको पारौ त्यो बुढो घाउ
हातले बनाको होस् कि जातले बनाको होस्
बास्ना आको होस् कि गनाको होस्
नाक थुनेरै भएपनि
गाला खुम्च्याएरै भएपनि
टर्रो होस् कि तितो होस्
मीठो होस् कि नमिठो होस्
बाजे!
बसौ हौ एकछिन
यो सहरले दिएको पीडा भुलाउन
भर्खरै सेतै फुलेकी
श्रीमती पोलेको दुख मेटाउन
भर्खरै ल्याएकी बुहारी को अर्कै
रुप हेर्न
एक छिन भएनी आनन्दको
श्वास फेर्न,बाजे!
लगाम हौ एक ट्वाक
बाजे!
बसौ हौ एकछिन
लगाम एक ट्वाक ।

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्