बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरीमा

बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरीमा

सप्तरी, २७ असार– सप्तरीका बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरी आइपुगेको छ । एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्री लिएर सोमबार सप्तरी आएको हो ।

एमाले टोलीले बाढी प्रभावित ५९८ पारिवारलाई ६ ठाउँमा केन्द्र बनाएर मंगलवार राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । तिलाठी वडा नम्बर १, ३, ४ र ५ का १०५ पारिवारका लागि तिलाठीमा राजविराज नगरपालिका वडा नम्बर ९ का २१३ परिवारका लागि राजविराजमा, हनुमाननगर वडा नम्बर १ र ३ का ६५ परिवारका लागि हनुमानगरमा, कृष्ण सवरन गाउँपालिकाका ५१ परिवारका लागि कृष्णसवरनमा, कञ्चनरुप नगरपालिकाका ४ परिवारका लागि कञ्चनरुपमा राहन वितरण हुनेछ । यस्तै रुपनी गाउँपालिका वडा नम्बर २, ५ र ६ का ७६ परिवारका लागि रुपनी र तिरहुत वडा नम्बर २ र ६ का ८४ परिवारका लागि तिरहुतमा राहत वितरण गर्ने तयारी एमालेले गरेको छ । राहत समग्री स्वरुप एमालेले ९०० थान टेन्ट र पाल, एक हजार थान झुल र म्याट, एक हजार थान रेनकोट र आवश्यक कपडा लिएर आएको छ । पीडित परिवारका लागि एक लाख ५० हजार रुपैयाँको खाद्यसामग्री एमालेले ल्याएको अनेरास्ववियुका सचिव समिक बडालले वताए । एमाले केन्द्रीय कार्यालयबाट आइतबार राहत वितरणको लागि टोली खटिएको थियो ।

टोलीमा अनेरास्ववियु अध्यक्ष नवीना लामा, उपाध्यक्षहरु, महासचिव र सचिवहरु छन् । एमाले सप्तरी जिल्ला कमिटीले राहत वितरण ब्यवस्थापनको जिम्मा लिएको छ । एमाले सप्तरीका इन्चार्ज सुमन प्याकुरेल पनि टोलीमा सहभागि छन् ।असार १९ गते आएको अविरल वर्षाका कारण सप्तरीका ५९८ परिवार पीडित बनेका हुन् । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले आफ्ना मतहत कमिटीहरुलाई सप्तरीको बाढी पीडितको उद्धार र राहतमा खट्न निर्देशन दिएको थियो । निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत लिएर सप्तरी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्