बाबियो (कबिता) – सुरज सुवेदी

बाबियो (कबिता) – सुरज सुवेदी

म लडेको लँडाई
तिम्रै लागि हो भन्न
मृत्यु कुरिरहेछु

नपरोस्
तिमीले कसैलाई गुमाउन र
अस्पतालमा तालाबन्दी गर्न

वा
एम्बुलेन्समाथी शङ्का गर्न
र अलपत्र पर्न

मेरो भोक
तिजको ब्रतजस्तो भैदिए
वा सोमबार, मङ्गलवार र शनिवारको
एकछाक जस्तो भइदिए
तिमी कति खुसीले नाचेको हेर्नेथिँए

तर प्रिय मान्छे
म तिम्रो लागि
पटकपटक भोकै बसिसकेँ
थाहा छैन अन्तिम पटक कहिले हो ?

अब त भन
यो निष्ठाको लठारो बाट्न
बाबियो बोकेर तिमी कहिले आँउछौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्