बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २ – १ को गोल अन्तरले पराजित

बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २ – १ को गोल अन्तरले पराजित

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ ।
अमेरिकाको न्यु जर्सीमा आइतबार विहान भएको खेलमा बार्सिलोनाले युभेन्टसमाथि २ – १ को जित निकालेको हो । न्यु जर्सी्स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन दुवै गोल नेयमारले गरे । युभेन्टसका जर्जियो चेलिनीले एक गोल फर्काए ।
खेलमा बार्सिलोनालाई जित दिलाउन नेयमारले दुवै गोल पहिलो हाफमा गरेका थिए  । खेलको १५ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २६ औं मिनेटमा नेयमार ले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २ – ० को अग्रता दिलाए । यसै सिजन बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने हल्ला चलिरहेको बेला नै नेयमारले गोल गरेका हुन् । नेयमारलाई भित्राउन पिएसजीले १९६ मिलियन पाउण्ड तिर्न तयार रहेको बताउदै आएका छन् । तर, बार्सिलोनाले भने नेयमार क्लबमै रहने बताइसकेको छ ।
पहिलो हाफमा २ – ० ले पछि परेको युभेन्टसले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ६३ औं मिनेटमा चेलिनीले गोल गर्दै खेल २ – १ मा ल्याए । तर, त्यसपछि थप गोल गर्न नसक्दा युभेन्टस २ – १ ले पराजित हुन् पुग्यो ।
रोपियन फुटबलमा नयाँ सिजन सुरु हुनुअघिको प्रि सिजनको तयारीका लागि बार्सिलोना र युभेन्टस अमेरिकामा रहेका छन् । अमेरिकामा रहेको बार्सिलोनाले इन्टरनेसनल कप अन्तर्गत आगामी बिहिबार इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ । यस्तै युभेन्टसले पिएसजीको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्