बिराटनगरमा अर्को सडक दुर्घटना , ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

बिराटनगरमा अर्को सडक दुर्घटना ,  ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

मोरङ, साउन २७ ,  महानगरपलिका-१४ हनुमानमन्दिर नजिकै विहीबार ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ।ज्यान गुमाउनेमा विराटनगर-१६ बस्ने ४३ बर्षिय मनोज साह रहेका छन्। साहलाई उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को १ ख ५१८२ नम्बरको ट्रकले बेलुका ८ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते साहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।

यता मोरङकै विराटनगर महानगरपालिका-१ पोखरियामा को १० प १४४४ नम्बरको मोटरसाइकल र को १४ प ६६९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा १४४४ नम्बरका चालक विराटनगर-१ पोखरिया बस्ने बर्ष ५४ का भिम बहादुर बस्नेत घाइते भएक छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ ।अर्को मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्