बिराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

बिराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

मोरङ, साउन १०,  बिराटनगर महानगरपालिका ११ स्थित केसलिया खोलामा पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका १२ बस्ने चन्द्र बहादुर राईको १५ बर्षिय छोरा संजिव राई रहेका छन्।दिउँसो सवा ३ बजे तिर ४ जनाको समुहमा पौडी खेल्न क्रममा राई डुबेको देखेपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए।

घट्नाको जानकारी पाउनासाथ सि.आर.भी केसलिया र वडा प्रहरी कार्यालय बिराटनगरबाट तत्काल खटिई गई बेपत्ता भएका राईको खोजी शुरु गरेको थियो।

बेपत्ता राईको खोजी गर्ने क्रममा सोही खोलाको दहमा डुबीरहेको अबस्थामा अपरान्ह साढे ४ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्