बिराटनगरमा “म्युजिकल फेस्ट २०७४” हुने

बिराटनगरमा “म्युजिकल फेस्ट २०७४” हुने

 बिराटनगर असोज ३० , बिराटनगरमा भव्य "म्युजिकल फेस्ट २०७४" हुने भएको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्तिक ९ गते हुने उक्त कार्यक्रममा   चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्मृति ब्याण्डको प्रस्तुति हुने आयोजक संत्रो महतले जानकारी दिए । कार्यक्रमको होस्ट मिस एस्एलसी धरान  २०१४ रिया बजाजले गर्ने छिन । कार्यक्रम बिराटनगर -१ जिल्ला प्रहरी कार्यालय छेउ बेलुकी ४ बजेबाट हुने छ । कार्यक्रममा कुनै प्रवेश शुल्क नराखिएको   पनि महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्