बिराटनगर भन्सार कार्यालयको गाडीको ठक्करबाट २ जना घाईते

बिराटनगर भन्सार कार्यालयको गाडीको ठक्करबाट २ जना घाईते

मोरङको बिराटनगर महानगरपालिका १४ स्थित आँखा अस्पताल छेउमा गाडीको ठक्करबाट २ जना घाईते भएका छन्। जोगवनी भन्सार कार्यालयबाट सुनसरी भान्टाबारी स्कटकोलागी जाँदै गरेको बिराटनगर भन्सार कार्यालयको बा १ झ ५४९५ नम्बरको गाडीले अपरान्ह ४ बजे ठक्कर दिएको थियो।

बाटो क्रस गर्ने क्रममा भारतको पुरनीया बस्ने बर्ष ३२ की उल्जेफा खातुन र निज कै छोरा बर्ष ९ को उल्जर मिया घाईते भई उपचारकालागी सोही गाडीमा न्युरो अस्पताल बिराटनगर पठाईएको रानी प्रहरीले जनाएको छ। घाईते दुबै जनाको अबस्था सामान्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्