‘बिरामी श्रीमती लिएर फर्कें, जन्मेको छोरो उतै छोड्नु पर्यो’ भन्दै नाेबेल अस्पताललाइ कारबाहिकाे माग

‘बिरामी श्रीमती लिएर फर्कें, जन्मेको छोरो उतै छोड्नु पर्यो’ भन्दै नाेबेल अस्पताललाइ कारबाहिकाे माग

विराटनगर १ मंसिर । स्वास्थसेवीकाे नाममा नेपाली काँग्रेसले क्षेत्र नम्बर ३ बाट टिकट दिएर उम्मेद्वार बनेकाे शुनिल शर्माले संचालन गरेकाे अस्पतालले लापरबाही गरेकाे र जनताकाे लागी काम गर्छु भन्दै भाेट मागिरहेकाे शर्माले समेत गुनासाे सुन्न समेत नखाेजेकाे भन्दै पवन साहले अाराेप लगाएका छन् ।
नेपाल पत्रकार महासघ मोरङ शाखाका साधारण सदस्य समेत रहेका पवन साहले आफ्नी श्रीमतीको उपचारमा नोबेल अस्पतालले लापरबाही गरेको भन्दै क्षतिपूर्तिको माग गरेका छन् ।
साहले आफ्नी श्रीमती सन्जु साहलाई प्रसूतीका लागि सामान्य अवस्थामै भर्ना गराएको भएपनि ४ पटक अपरेशन गराएको र बच्चाको मृत्यु भएको बताएका छन् । ‘अस्पतालको लापरबाहीका कारण सामान्य अवस्थाकी सन्जुलाई अहिले गम्भीर अवस्थामा घरमा राखेको छु,’ साहले पत्रकार सम्मेलनमा भने, ‘मैले श्रीमतीलाई बिरामी लिएर फर्के जन्मेको छोरो उतै छोड्नु पर्यो ।’
‘सामान्य अवस्थामा जन्मिएको बच्चा समेत आमालाई आएको स्वास्थ्य जटिलटाका कारण बिरामी हुन पुग्यो र बिर्सनु पर्ने भयो’, साहले भने, ‘बच्चा जन्माउन गरिएको शल्यक्रियापछि बिरामीको दाहिनेतर्फको कम्मर मुनिको भाग चल्न छाडेको थियो, पछि डाक्टरहरुले शल्यक्रिया गर्दा गल्ती भएको स्वीकार गरे ।’
आफू जान्ने बुझ्ने मान्छे भएको र बोल्न सक्ने हुँदा पनि नोबेल अस्पतालले अन्यायमा पारेको साहले गुनासो गरे । ‘उपचारमा विभिन्न छुट गर्ने भनियो तर ७ लाखसम्मको रकम मैले श्रीमतीको उपचारमै सक्नु पर्याे,’ साहले भावुक हुँदै भने, ‘अस्पतालको लापरबाहीका कारण मैले छोरा गुमाए, श्रीमती पहिलोको अवस्थामा छैनन्, उल्टै ७ लाख बराबरको रकम अस्पताललाई बुझाउनु पर्यो, म यो अन्याय सहेर कतिदिन बस्नु ?’
श्रीमती सन्जुलाई अढाइमहिना अस्पतालमा राख्नु परेको र दैनिक १० हजार बढी खर्च भएको बिल भौचर देखाउँदै साहले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले क्षतिपूर्ति भराइदिन सबैसँग अपिल गरे । आफ्नो समस्याको बारेमा जानकारी दिनका लागि अस्पताल संचालक सुनिल शर्मालाई सम्पर्क गर्न खोज्दा पनि समय नदिएको उनले गुनासो गरे । ‘घरमा राखेर केही औषधि उपचारको भरमा अहिले सामान्य बाहिर र भित्र गरिरहेको भएपनि थप उपचार गराउन सक्ने अवस्था नभएको हुँदा श्रीमतीले पीडा सहेरै बस्नुपर्ने बाध्यता छ,’ साहले भने, ‘अब लाग्ने सम्पूर्ण उपचार खर्च नोबेलले व्यहोर्नु पर्छ कि पर्दैन ?’
शर्मा मोरङको ३ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसको टिकट पाएर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । चुनाव लडिरहँदा त्यस क्षेत्रका जनताको स्वास्थ्य बिमा गर्ने र उपचारको ग्यारेन्टी गर्ने भनेर भाषण गरिरहेको सुनेको बताउँदै साहले सर्वसाधरणको उपचारमा लापरबाही गर्ने शर्माले चुनाव जितेर गए त्यसो नगर्ने दाबी गरे । साहले भने, ‘बोल्न, लेख्न सक्नेको परिवारमा त यति धेरै अन्याय गरेका छन् शर्माले भने, भोलि चुनाव जितेर गएर जनताको पक्षमा काम गर्छन् भनेर कसरी पत्याउने ?'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्