भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार राति भारतीय क्रिकेट टोली हेर्ने जिम्मेवारी शास्त्रीलाई दिएको हो ।
बिसिसिआईले भारतीय क्रिकेट एडभाइजरी कमिटी, सचिन तेन्दुलकर, सौरभ  गांगुली र भिभिएस लक्ष्मणको एक टोलीले ५५ बर्षिय पूर्व खेलाडी शास्त्रीलाई प्रशिक्षकमा छनोट गरेको हो । शास्त्रीलाई इंग्ल्यान्ड र वेल्समा आयोजना हुने सन् २०१९ को विश्वकपसम्म भारतीय टोली हेर्ने जिम्मेवारी दिएको छ । यस्तै बिसिसिआईले  राहुल द्रबिडलाई ब्याटिङ तथा जाहिर खानलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।
यहि असार पहिलो साता मुख्य प्रशिक्षक अनिल कुम्बलेले प्रशिक्षक पदबाट राजीनामा दिएपछि भारतीय क्रिकेट टोली प्रशिक्षकविहीन रहेको थियो । हाल वेष्ट इन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले प्रशिक्षकबिना नै घरेलु टोलीसँग एकदिवसीय र टि – ट्वान्टी क्रिकेट सिरिज खेलिसकेको छ ।
कुम्बलेले पदबाट राजिमाना दिएपछि प्रशिक्षक नियुक्तिको लागि ५ प्रशिक्षकहरुले आवेदन दिएका थिए आवेदन दिएका थिए । बिसिसिआईले प्रशिक्षक पदका लागि गत मे ३१ मै आवेदन खुल्ला गरेको थियो  ।
प्रशिक्षक पदका लागि आवेदन दिनेमा पूर्व भारतीय ब्याट्सम्यान वीरेन्द्र सहवाग, पूर्व अष्ट्रेलियन अलराउन्डर टम मुडे,  पूर्व पाकिस्तानी क्रिकेट टोलीका प्रशिक्षक रिचर्ड प्यबुस, पूर्व भारतीय खेलाडी लालचन्द राजपूत र पूर्व भारतीय मिडियम पेसर बलर डोडा गणेश रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्