भीम पराजुलीलाई मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलोमा

भीम पराजुलीलाई मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलोमा

प्रेम देवान
विराटनगर ८ असार । नेपाली काग्रेसबाट मेयरपदमा उम्मेदवारी दिएका भीम पराजुलीलाई काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगरमा आएर भोट माग्दै हिड्न थालेकाछन् । ।
महानगरमाको मेयर पदमा भोट माग्न यतिबेला र घरदैलो र कोणसभामा सहभागी हुन थालेका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा सरिक भएका हुन् ।
डा.शेखर कोइराला,डां.मिनेन्द्र रिजाल, महेश आचार्य,डा.डिला संग्रौला,अमृत अर्याल,भुटनी देवी खवास लगायतका नेताहरु चुनावी दौडाहामा छन् ।
विहिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनपछी सिहदरवारको अधिकार गाउँमा आउने भएकाले निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरे । विराटनगरस्थित केसलिया चोकमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले असार १४ को चुनावले जनतालाई अधिकार सम्पन्न बनाउने दाबी गरे ।
बैजनाथपुरको मिलन चौकमा आयोजित चुनावीसभालाई सम्वोधनगर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य महेश आर्चाले सिंगिया नदी केशलिया नदीको किनारलाई व्यवस्थित गरी सफा र सुन्दर नगरीको रुपमा विराटनगरलाई विकास गरिने बताए । यसैगरी विराटनगरको मानगढ र पुष्पलाल चौक विहिवारेमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै डाक्टर मिनेन्द्र रिजालले पूँजीवाद र विकासको परिकल्पना काँग्रेसबाट मात्रै संभव हुने बताए ।
निर्वाचनसँगै घर घरमा रोजगार र विकासको ढोका खोल्न कांग्रेस अग्रसर भएको बताए । आचार्यले नेपाली कांग्रेसका उमेदवारहरुलाई जिताउन समेत आग्रह गरे । विराटनगर महानगरका केसलिया,बैजनाथपुरको मिलन चोक,मानगड,अमरटोल,राधाकृष्ण धर्मशाला लगायतका स्थानमा भएका सवै कार्यक्रममा केन्द्रिय नेताहरु डा.शेखर कोइराला,मिनेन्द्र रिजाल,महेश आचार्य,डा.डीला संग्रौला ,अमृत अर्याल,भुटनीदेवी खवास,पुष्कर आचार्य लगायतले चुनावी अभियानलाई तिव्र पारेका छन् । काँग्रेस जिल्लाले तय गरेका सबै कार्यक्रममा मेयरका उमेद्बार भीम पराजुली र उपमेयरकी उमेद्वार इन्दिरा कार्कीले घरदैलो कार्यक्रम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्