मधुमेहमा केरा खान हुन्छ ?

मधुमेहमा केरा खान हुन्छ ?

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ ।  जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ ।  विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ ।  यसमा अन्न, तरकारी मात्र होइन फलपूmल पनि पर्छन् ।
मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा ।  मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन ।  बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसबाट फाइदा मिल्छ ।
समग्रमा भन्नुपर्दा केरामा स्याच्युरेटेड चिल्लो, सोडियम र कोलेस्टेरोल निकै कम हुन्छ ।  केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ ।  तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च मात्रा हुन्छ ।
एउटा सामान्य आकारको केराको ग्लाइसेमिक इन्डेक्स ११ हुने जानकारी हार्वर्ड हेल्थ पब्लिसिङमा दिइएको छ ।  रगतको ग्लुकोज मात्रामा खाद्यवस्तुले पार्ने प्रभावलाई ग्लाइसेमिक इन्डेक्सले मापन गरिन्छ ।  १० भन्दा कम ग्लाइसेमिक इन्डेक्स हुनुलाई राम्रो मानिन्छ ।
कम चिनी भएका फलपूmलको नाम लिँदा स्याउ, अङ्गुर र नासपाती पर्छन् ।  यसैगरी मेवा र भुइँकटहरमा धेरै चिनी हुन्छ ।  केरामा केही बढी कार्बोहाइड्रेट भए पनि मधुमेह रोगीले केरा खान चटक्कै छाड्नुहुन्न ।  किनभने केरामा हुने अन्य पोषक तत्व शरीरलाई चाहिन्छ ।
मधुमेह नियन्त्रणमा राख्न प्रत्येक छाकमा आपूmले कत्तिको कार्बोहाइड्रेट खाइरहेको छु भन्ने हेक्का राख्नु जरुरी छ ।  मध्यम आकारको एउटा केरामा करिब ३० ग्राम कार्बोहाइड्रेट हुन्छ ।  यसैबाट आपूmलाई कत्तिको मात्रामा कार्बोहाइड्रेट चाहिएको छ र केरा कति खाने भन्ने निर्णय लिनुपर्छ ।
अनस्याच्युरेडेड चिल्लो वा स्वस्थ चिल्लोका स्रोत जस्तो कि बदाम, गेडागुडीसँग केरा खाँदा शरीरलाई बढी फाइदा पुग्छ ।  रगतको ग्लुकोजमा यसले सकारात्मक प्रभाव पर्ने देखिएको छ ।  यस अतिरिक्त दहीसँग केरा खाँदा पनि शरीरलाई धेरै राम्रो हुन्छ ।  विशेषगरी पाचन प्रणालीलाई यसले फाइदा मिल्छ ।
अनुसन्धानकर्ताले रगतको ग्लुकोजमा काँचो केराको प्रभाव जाँच गरेका छन् ।  हरियो केरा वा पूरै नपाकेको केराले रगतमा ग्लुकोजको मात्रा खासै नबढाउने पाइएको छ ।  किनभने काँचो केरामा कम चिनी हुन्छ ।  साथै काँचो केरामा शरीरले सजिलै पचाउन नसक्ने स्टार्च हुने भएकाले रगतमा ग्लुकोजको मात्रा विस्तारै वृद्धि हुन्छ ।
मानिसले दिनमा कति केरा खानुपर्छ भन्ने कुरा उसको शारीरिक क्रियाकलाप र रगतमा चिनीको मात्रामा केराले पार्ने प्रभावमा भर पर्छ ।  कडा परिश्रम गर्नेले बढी केरा खान सक्छन् ।  केही मानिसको रगतमा चिनीको मात्रा केरा वा अन्य फलप्रति बढी सम्वेदनशील पनि हुन्छ ।  -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्