मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ

मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ

असार, झापा । दोस्रो चरणको स्थानीय निर्वाचनको मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका जिल्ला अध्यक्ष उमेश अधिकारी र सञ्चार प्रमुख पारस तिम्सिना छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले दिएको जानकारी अनुसार अधिकारीलाई शिवसताक्षी–८ मा मनोनयन दर्ता गर्न जाँदै गरेका उम्मेदवारलाई अवरोध पुर्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

सञ्चार प्रमुख तिम्सिनालाई भने बिर्तामोडबाट पक्राउ गरिएको हो ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । झापाका ८ मतदान केन्द्र अति संवेदनशील, ९८ संवेदनशील र १ सय ३९ सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्