महेन्द्र मोरङ कलेजले जित्यो “स्पिक अप” प्रतियोगिता

महेन्द्र मोरङ कलेजले जित्यो “स्पिक अप” प्रतियोगिता

बिराटनगर साउन १५ , बिराटनगरको महेन्द्र मोरंग कलेजका बिध्यर्थिको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको “ डल्फिन स्पिक अप” कार्यक्रम शनिबार सम्पन्न भएको छ ।होटेल नमस्कारको प्राङ्गणमा भएको उक्त प्रतियोगितामा बिराटनगरको महेन्द्र मोरङ कलेजले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने दोस्रोमा मेरिल्याण्ड कलेज बिराटनगर र तेस्रो स्थानमा म्यानेजमेन्ट कलेज पर्न सफल भएको छ  ।

बिराटनगर मै पहिलो पटक बिद्यार्थी तहबाट उठेर सामाजिक समस्याहरु विरुद्द जनचेतना फैलाउनका लागि “स्पिक अप” प्रतियोगिता आयोजना भएको हो | कार्यक्रममा ४ वटा कलेजले नाटक प्रस्तुत गरेका थिए भने एउटा कलेजले प्रेजेनटेसन तथा एनिमेसन प्रस्तुत गरेका थिए। कार्यक्रममा छाउपडी प्रथा नाटक (म्यानेजमेन्ट कलेज) , लागूऔषध समन्धी नाटक (जेनिथ कलेज) , भ्रुणहत्या नाटक (महेन्द्र मोरंग कलेज) , सरकारी कार्यालयको घुसखोरी समंदी नाटक (नेपाल बिजनेस कलेज) , तथा सामाजिक संजालको प्रयोग समन्धी मेरिल्याण्ड कलेजले प्रस्तुति दिएको थियो । कार्यक्रमका निर्णायकमा    खेम नेपाली , संजु साह , जमुना खड्का र बैंकर राजेश तिम्सिना रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्