माओवादी केन्द्रको मन्त्रीहरुको सूचिको अन्तिम रुप, प्रदेश १ बाट शिवकुमार मण्डल मन्त्रि बन्दै

माओवादी केन्द्रको मन्त्रीहरुको सूचिको अन्तिम रुप, प्रदेश १ बाट शिवकुमार मण्डल मन्त्रि बन्दै

सत्ता साझेदार माओवादी केन्द्रले मन्त्रीहरुको सूचिलाई अन्तिम रुप दिएको छ। ६ जना मन्त्री र ३ राज्यमन्त्रीको नाम माओवादीले तय गरेको हो। मन्त्री र राज्यमन्त्री गरी ९ जना थपिँदा सरकारमा माओवादीका १२ जना मन्त्री पुग्नेछन्।

प्रधानमन्त्री देउवाले पहिलो पटक मन्त्रिमण्डल गठन गर्दा माओवादीका तीन मन्त्री भएका छन्।

माओवादीबाट थपिन लागेका मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत मन्त्री बन्दैछन्। शिवकुमार मण्डल, आशा खनाल कोइराला, सन्तकुमार चौधरी पनि बन्दैछन्।

जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठलाई माओवादीले राज्यमन्त्रीको रुपमा सरकारमा पठाउने तयारी भएको छ।यसअघि कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र, जनार्दन शर्मा गृह र प्रभु शाह सहरी विकासमन्त्री छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्