माेटरसाइकलकाे ठक्करबाट बृद्ध घाइते, विराटनगरमा उपचार हुँदै

माेटरसाइकलकाे ठक्करबाट बृद्ध घाइते, विराटनगरमा उपचार हुँदै

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ स्थित राजमार्गमा ना ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६५ बर्षिय कुसुम नारायण राउत घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपलिका-१० बस्ने २५ बर्षिय हुमेश्वर कुमार खड्का समेत घाइते भएकाले दुवैको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।
यस्तै मोरङको बुढिगंगा नगरपालिका-३ मा को १ ख ४२८८ नम्बरको बसको ठक्करबाट साइकलयात्री पार्टी गाउँपालिका बस्ने २५ बर्षिय खड्‍ग बहादुर मगर घाइते भएका छन्। घाइतेको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्