मुम्बईमा घर भत्किँदा १७ को मृत्यु

मुम्बईमा घर भत्किँदा १७ को मृत्यु

भारत मुम्बईको घाटकोपर क्षेत्रमा मंगलबार बिहान जीर्ण अवस्थामा रहेको एउटा चार तले घर ढल्दा कम्तीमा १७ व्यक्तिहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना महिला र तीन वर्षकी एक बालिका पनि रहेका छन् । १९ जनालाई घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।

उक्त घरमा झण्डै १२ परिवारहरू बस्ने गरेका थिए । घरको तल्लो तलामा एउटा निजी नर्सिङ होम पनि सञ्चालित थियो । प्रत्यक्षदर्शीहरूका अनुसार मंगलबार बिहान पौन एघार बजेतिर सो घर अचानक भत्कियो ।

यो घरलाई बृहत् मुम्बई महानगरपालिकाले खतरनाक संरचनाको सूचीमा राखेको थियो र छ महिना पहिल्यै यसलाई खाली गर्नुपर्ने थियो । यस घरमा रहेको नर्सिङ होम शिवसेनाका एक जना स्थानीय नेताले चलाइरहेका थिए र उनैको निर्देशनमा घरको अवैध मर्मत कार्य भैरहेको थियो । त्यसैले घर ढल्नुमा शिवसेनाका ती नेताको जबर्जस्तीलाई प्रमुख कारण मानिएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाको निष्पक्ष छानबिन गर्ने आदेश दिएको हिन्दुस्तान डट कमको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्