मुम्बई इण्डियन्सलाइ आइपिएल क्रिकेटको उपाधि

मुम्बई इण्डियन्सलाइ आइपिएल क्रिकेटको उपाधि

मुम्बई इण्डियन्सले दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको रोमान्चक फाइनलमा राइजिङ पुने सुपरजायण्ट्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।

हैदरावादमा मुम्बईले दिएको १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १२८ रन बनाउन सक्यो । योसँगै मुम्बईले आइपिएल क्रिकेटको उपाधिमा ह्याट्रिक गरेको छ । यता, पहिलो पटक आइपीएलको उपाधि जित्ने पुनेको लक्ष्य भने पुन अधुरो रह्यो ।
यस्तै ३ पटक आइपिएल उपाधि जितेको मुम्बई आइपीएलको सर्वाधिक सफल टोली समेत बनेको छ । यसअघि मुम्बईले सन् २०१३ र २०१५ को दुवै संस्करणमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मिचेल जोनसनले अन्तिम ओभरमा किफायती बलिङ गर्दै २ विकेट झारेपछि मुम्बईले पुनेमाथी रोमान्चक जित निकालेको हो । पुनेलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो र पुनेसँग ७ विकेट बाँकी थियो । पुनेको पारी कप्तान स्टिभ स्मिथ र मनोज तिवारीले सम्हाली राखेका थिए ।

यस्तोमा अन्तिम ओभर बलिङ गर्न मुम्बईका मिचेल जोनसन आए । जोनसनको पहिलो बलमा तिवारीले चौका प्रहार गर्दै पुनेलाई जिततर्फ डोराए । तर, त्यसपछि जोनसनले दोस्रो बलमा तिवारी र तेस्रो बलमा स्मिथलाई पेभेलियन फर्काए । जोनसनको चौथो बलमा वासिटन सुन्दरले १ तथा पाँचौमा ड्यान क्रिस्टियनले २ रन लिएपछि पुनेलाई अन्तिम बलमा ४ रन आवश्यक थियो । तर, अन्तिम बलमा पुनेले मात्र २ रन बनाएपछि मुम्बईले १ रनको रोमान्चक जित निकाल्दै उपाधि हात पार्यो ।

पुनेका लागि कप्तान स्मिथ अर्धशतकीय पारी खेलेपनि जिताउन सकेनन् । स्मिथले ५० बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए । यस्तै ओपनर अजिन्का रहानेले ४४ रन बनाए । मुम्बईका लागि मिचेल जोनसनले ३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । मुम्बईका लागि क्रुनल पाण्ड्याले ४७ तथा कप्तान रोहित शर्माले २४ रन बनाए ।

पुनेका जयदेव उनादकाट, एडम जाम्पा र ड्यान क्रिस्टियनले समान २(२ विकेट लिए ।
यो जितसँगै मुम्बईले लिग र प्लेअफमा पुनेसँग बेहोरेको हारको बदलासमेत लिएको छ । पुनले लिग चरणको दुई खेलमा मुम्बईलाई पराजित गरेको थियो । यस्तै पुने क्वालिफायरमा मुम्बईलाई नै पराजित गर्दै फाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्