मृत श्रीमानको रुप भन्दै बाच्छोसँग विवाह

मृत श्रीमानको रुप भन्दै बाच्छोसँग विवाह

कम्बोडिया – कम्बोडियाको कारकेटी प्रान्तकी ७४वर्षिया किम हेङ नामकी महिलाले मृत पतिको दोस्रो रुप भन्दै पाँच महिनाको गाईको बाच्छोसँग विवाह गरेकी छिन् ।

कुल जनसंख्याको ९५ प्रतिशत मानिसहरू बौद्ध धर्मावली रहेको कम्बोडियाका  अधिकांश जनताहरूले  मृत्यु पश्चात्  पुर्नजन्ममा विश्वास गर्ने गरेको  पाइन्छ ।

गत वर्षको मार्चमा किमका  पतिको मृत्यु भएको थियो । पाँच महिना अगाडि जन्मिएको उक्त बाच्छोको बानी व्यवहार उनका मृत पतिसँग मिल्दोजुल्दो भएका कारण बाच्छो उनको पतिको अर्काे रूप भएको दाबी उनको छ ।

उनले बाच्छोलाई आफूसँगै बिछ्यौनामा सुताउने गरेकी छिन् । हाल सामाजिक सञ्जालमा उनी र बाच्छोको तस्बिर भाइरल बनेको छ । उनी लगायत उनका सन्तानले समेत बाच्छोको स्याहारमा विशेष ध्यान दिने गरेको पाइन्छ । पुरा जीवन नै बाच्छोको हेरचाहमा बिताउने किमको चाहना रहेको छ ।

उनका छोराछोरीले पनि उक्त बाच्छोलाई पिताको रूपमा लिदै सम्मानजनक व्यवहार देखाउने गरेका छन् ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्