मेचि अञ्चल अस्पतालमा अाइसियु सञ्चालन , रिफर भएर जाने समस्या हट्याे

मेचि अञ्चल अस्पतालमा अाइसियु सञ्चालन , रिफर भएर जाने समस्या हट्याे

सरकारी अस्पतालबाट रेर्फर हुने समस्या मेची अञ्चलबासीका लागि अन्त्य भएको छ ।
झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आजदेखि करिब एक करोड लागतमा आईसीयू (सघन उपचार कक्ष) सञ्चालन ल्याएपछि अञ्चलबासीको दिर्घकालीन समस्याको अन्त्य भएको हो । स्वास्थ्य मन्त्रलायले सन २०११ मा मेची अञ्चल अस्पताल भद्रपुरको स्तरोन्नती र विरामीको सेवा सुविधलाई मध्यनजर गर्दै आईसियु सेवा सञ्चालन गर्ने योजना अघि सारेको थियो । अस्पतालमा आइसियु सञ्चालन गर्ने बजेटको अभाव देखिएपछि ५ वर्षअघि स्वास्थ्य मन्त्रालयले करिब ५० लाख रुपैयाँ बढीको उपकरण सामग्री र तत्कालीन जिल्ला विकास समिति झापाले १० लाख रुपैयाँ बजेट अस्पताललाई पठाएको थियो । तर, आइसियु सञ्चालनका लागि थप बजेटको आवश्यकता र चिकित्सक अभावले लामो समयदेखि आइयिसु सञ्चालन आउन सकेको थिएन । मेची अस्पतालको निरीक्षण गर्ने क्रममा स्वास्थ्यमन्त्री गगन थापा समक्ष अस्पताल विकास समितिसहित स्थानीय राजनितिक दलले आइसियु सेवासहित स्तरोन्नती गर्नुपर्ने लिखित माग राखेका थिए । सोही माग बमोजिम स्वास्थ्य मन्त्रीले आइसियु सेवा सञ्चालनका लागि २० लाख रुपैयाँ बजेटसहित चिकित्सक टोली नियुक्त गरेर पठाएपछि आइसियु सेवा सञ्चालनमा आएको हो । अस्पताल विकास समितिले आज एक कार्यक्रमका बिच आइसियु सेवाको शुभआरम्भ गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र अस्पताल विकास समितिका अध्यक्ष राम कटटेलले आइसियु सेवा कक्षको संयुक्त रुपमा उदघाटन गर्दै शुभआरम्भ गर्नुभएको हो । विरामी रेर्फरको रुपमा परिचित हुन थालिसकेकको अञ्चल अस्पतालमा आइसियु सेवा सञ्चालनमा आएपछि स्थानीयबासी हर्षित भएका छन् । अस्पतालको आइसियु सेवालाई निरन्तरता दिनलाई सबै निकाय लाग्नुपर्ने स्थानीयले सुझाव दिएका छन् ।
आइसियु सञ्चालनका लागि अस्पताललाई केही चुनौती भए पनि विरामीलाई भरपर्दो र सस्तो सुलभ दरले सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले बताउनुभयो ।
झापासहित मेचीबासीको दिर्घकालीन समस्या र माग बमोजिम अस्पतालमा आइसियु सञ्चालन भएको अस्पताल विकास समितिका अध्यक्ष राम कटटेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्