मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना रुसमा हुने विश्वकपमा छनोट

मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना रुसमा हुने विश्वकपमा छनोट

एजेन्सी । लियोनल मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले रुसमा हुने विश्वकप छनोटमा इक्वेडरलाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार अर्जेन्टिनाले इक्वेडरलाई उसैको मैदानमा ३ – १ ले पराजित गरेको हो ।

विश्वकप छनोटको लागि जित्नै पर्ने दबाब रहेको खेलमा अर्जेन्टिनाको लागि कप्तान मेस्सीले तीनै गोल गरे । इक्वेडरका रोमारियो इब्राले एक गोल फर्काए । जितसंगै अर्जेन्टिनाले रुस विश्वकपमा यात्रा पक्का गरेको छ ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको पहिलो मिनेटमा नै इब्राले गोल गर्दै इक्वेडरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसपछि अर्जेन्टिनाका कप्तान मेस्सी नायक बने । खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई खेलमा फर्काए ।

खेलको १८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा २ – १ को अग्रता बनायो ।  दोस्रो हाफमा अर्जेन्टिनाले थप एक गोल गर्यो ।  खेलको ६२ औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरि अर्जेन्टिनालाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै अर्जेन्टिना छनोटको तेस्रो स्थानमा समेत उक्लिएको छ । अर्जेन्टिनाले १८ खेलबाट २८ अंक जोडेको छ । अर्जेन्टिना शिर्ष स्थानको ब्राजिलभन्दा १३ र दोस्रो स्थानको उरुग्वेभन्दा ३ अंकले पछि छ । १० राष्ट्र रहेको यो क्षेत्रबाट शिर्ष ४ टोलीले विश्वकप यात्रा तय गर्ने छन् । पाँचौ हुनेले प्ले अफ खेल्न पाउने छ ।

यो क्षेत्रबाट ब्राजिल र उरुग्वेले पनि विश्वकपमा स्थान पक्का गरिसकेको छ । बुधबार चिलिलाई ३ – ० ले पराजित गरेको ब्राजिलले ४१ अंक जोडेको छ । बोलिभियालाई ४ – २ ले पराजित गर्दै दोस्रो स्थानमा रहेको उरुग्वेको ३१ अंक छ । यो समूहमा कोलम्बिया चौथो र पेरू पाँचौ स्थानमा छन् ।

यो क्षेत्रबाट ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि विश्वकपमा स्थान पक्का गरिसकेको छ । बुधबार चिलिलाई ३ – ० ले पराजित गरेको ब्राजिलले ४१ अंक जोडेको छ । बोलिभियालाई ४ – २ ले पराजित गर्दै दोस्रो स्थानमा रहेको उरुग्वेको ३१ अंक छ । यो समूहमा कोलम्बिया चौथो र पेरू पाँचौ स्थानमा छन् । पेरूले प्ले अफमा स्थान बनाउदा छैटौं स्थानको चिली भने विश्वकपमा स्थान बनाउन असफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्