मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाली राष्ट्रिय महिला फुटबल टोली पराजित

मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाली राष्ट्रिय महिला फुटबल टोली  पराजित

नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बुधबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलिसँग ४ – १ ले पराजित भएको हो ।
मलेसियास्थित कोटा किनाब्लुस्थित लिकस रंगशालामा भएको खेलमा मलेसियालाई जित दिलाउन शर्लिन एली पिउसले दुई तथा नूराथिरह महट र पुटेरी नोरालिसा विकिल्सनले समान एक एक गोल गरिन । नेपालकी साजना रानाले एक गोल फर्काइन् ।

खेलमा शर्लिनले चौथो मिनेटमै गोल गरी घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा नूराथिरहले गोल गरेपछि पहिलो हाफमा मलेसिया २ – ० ले अघि रह्यो । दोस्रो हाफमा मलेसियाले थप दुइ गोल गर्दा नेपालले एक गोल फर्कायो । खेलको ५० औं मिनेटमा शर्लिनले व्यक्तिगत दोस्रो गोल गरेपछि मलेसियाले ३ – ० को अग्रता बनायो ।

खेलको ८२ औं मिनेटमा नेपालकी साजना रानाले गोल गरेपछि खेल ३ – १ मा पुग्यो । तर, खेलको ८८ औं मिनेटमा नोरालिसाले गाेल गर्दै मलेसियालार्इ ४–१ को जित दिलाइन् । जितसँगै मलेसियाले गत बर्ष नेपालसँग बेहोरेको हारको बदला समेत लिएको छ । पुसमा भएको उक्त मैत्रीपूर्ण खेलमा नेपालले मलेसियालाई १–० ले पराजित गरेको थियो ।

यसअघि सोमबार साझा भएको पहिलो मैत्रीपूर्णमा नेपालले घरेलु टोलिलाई १ – १ गोलको बराबरीमा रोकेको थियो ।  नेपालले एक गोललेपछि  परेको स्थिति उल्टाउँदै बराबरी खेलेको हो । पहिलो खेलमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दा मलेसियाकी दाद्री रफिनसले गोल गरेकी थिइन् ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोलि दुई मैत्रीपूर्ण खेलका लागि मलेसिया गएको हो । यस्तै साउथ इस्ट एसियन कपको तयारी गर्न मलेसियाले नेपालसँग मैत्रीपूर्ण खेल खेलेको हो । साउथ इस्ट एसियन च्याम्पियनसिप मलेसियामै आगामी अगस्ट १५ देखि ३० सम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्